Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/05/283398209_5393612877355419_7810431716040078891_n-e1653361638637.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

शंखरापुर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख रमेश नापित र उप प्रमुख समिता श्रेष्ठले पदभार सम्हाले

कपन अनलाइन

काठमाडौं, जेठ १० । शंखरापुर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख रमेश नापितले  शुक्रवार शपथ ग्रहण पश्चात सोहि दिन  अपरान्ह ४ बजे शंखरापुर नगरपालिका पुगी  पदबहाली गरेका  हुन् ।  उनले विद्यालयमा साताको दुई दिन विदा दिन संघीय सरकारले लागू गरेको निणयको पुनर्विचारको लागि प्रअहरुको बैठक राख्ने निर्णयमा हस्ताक्षर गरि पदभार ग्रहण गरेका हुन । सोहि दिन उनले राष्ट्रिय सभागृह पुगेर शपथ ग्रहणमा सहभागी भएका थिए शपथ ग्रहण लगत्तै शंखरापुरका निर्वाचित वडा अध्यक्षहरु, राप्रपाका स्थानीय नेता कार्यकर्ताहरु सहित शहीद गेटमा पुगेर शहीदहरुको शालिकमा माल्यार्पण गरी शहीदहरुको सम्मान समेत गरेका थिए भने त्यस लगत्तै सिंह दरवारको पश्चिम गेटमा पुगेर स्व. राजा पृथ्वी नारायण शाहको मूर्तिमा माल्यार्पण गरी सम्मान प्रकट गरेका थिए ।

पदबहाली पश्चात संक्षिप्त प्रतिक्रिया दिदै नगर प्रमुख नापितले  सम्पूर्ण नगरपालिकाका कर्मचारीहरुलाई भ्रष्टाचारमा शून्य सहनसिलताको आफ्नो घोषणापत्रमा उल्लेख भए अनुसार आफु त्यसमा प्रतिवद्ध रहेको हुँदा सहयोगको लागि कर्मचारीहरुलाई आग्रह गरेका  थिए ।उनलेजनताको गुनासो सुन्न आफु सदैब  तयार रहेको हुँदा कर्मचारीहरुलाई सहयोगको लागि आग्रह गरेका थिए ।शंखरापुरका आम जनसमुदायका लागि आफूले घोषणा गरेका वा प्रतिवद्धता व्यक्त गरेका विषयहरुमा आम जनतालाई मर्का नपर्ने गरी तत्काल कार्यान्वयन गर्न सकिने विषय तत्काल कार्यान्वयन गरिने र केही समय लाग्ने विषयमा ठोस छलफल गरी निर्णय गरिने जानकारी समेत दिएका थिए ।आम जनताको सेवा सुविधा बढाउन आफु तत्पर रहेको उनको  प्रतिक्रिया  रहेको थियो । त्यसै गरि आइतबार नव निर्वाचित नगर प्रमुख रमेश नापितले  नवनिर्वाचित उप प्रमुख समिता श्रेष्ठ सहित वडा अध्यक्षहरु र वडा सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन  ।

 शपथ ग्रहण कार्यक्रममा  निवर्तमान  नगर प्रमुख  सुवर्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा शंखरापुर पोलिटेक्निक ईन्स्टिच्यूटको सभा हलमा सम्पन्न भएको हो  ।शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान  नगर प्रमुख  सुवर्ण श्रेष्ठले शंखरापुर नगरपालिकामा प्रमुख रुपमा गर्नुपर्ने कार्यहरुको जग बसालिसकेको हुँदा सोही जगमा टेकेर नव निर्वाचित जनप्रतिनिधिहरुले काम गर्दा सजिलो हुने बताउँदै जुनसुकै बेला जहाँसुकै पनि जनप्रतिनिधिहरुले आवश्यकता महसुस गरेको ठाउँमा आफू सक्रिय भएर लाग्ने  बताएका थिए ।जनप्रतिनिधिहरुको शपथ ग्रहण लगत्तै नगर प्रमुख नापित शंखरापुरका स्वर्गिय नेता जोगमेहेर श्रेष्ठको शालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्न भाग्योदय माध्यमिक विद्यालयमा  पुगेका थिए भने उप प्रमुख समिता श्रेष्ठलेसोमबार  कार्यलय पुगी पदभार सम्हालेकी थिइन ।

तपाइँको प्रतिक्रिया ।