कागेश्वरी मनोहरा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण तथा पदबहाली
कपन अनलाइन
काठमाडौँ, जेठ १० । कागेश्वरी मनोहरा नगरपालिकाका नव निर्वाचित नगर प्रमुख उपेन्द्र कार्की र उप प्रमुख शान्ता थापाले सोमबार पदभार ग्रहण गरेका छन । सोमबारनै नगरप्रमुख र उपप्रमुखसँगै वडाध्यक्ष तथा सदस्यहरूको समेत शपथ ग्रहण र पदभार भएको छ । वडा अध्यक्ष तथा सदस्यहरुलाई नव निर्वाचित नगर प्रमुख उपेन्द्र कार्कीले आस्था पार्टी प्यालेसमा एक कार्यक्रमका बीच सपथ ग्रहण गराएका थिए ।
सपथ ग्रहण कार्यक्रमलाइ सम्बोधन गर्दै नव निर्वाचित नगर प्रमुख कार्कीले निर्वाचित जन प्रतिनिधी भएपछी आफुले राजनैतिक दलको टोपी खोलेर आएको बताए । चुनाब लड्दा सम्म कुनै राजनैतिक दलको सिपाहिँ भएपनि अब आफु सम्पूर्ण जनताको साझा प्रतिनिधी बनेको बताए । उनले अब कागेश्वरी मनोहरा नगरपालिका जित्नेहरुको मात्र नभई सम्पूर्ण नगरबासीको हुने बताएका थिए।आगामी १५ दिन भित्र नगरपालिका भित्र क्रियासिल राजनैतिक दलका प्रतिनिधी, निबर्तमान नगरप्रमुख तथा नगरभित्रका बुद्धिजिबी सहितको सल्लाहकार समिती बनाई उनीहरुको सल्लाह, सुझाब र मार्गनिर्देशन बमोजिम काम गरिने बताएका थिए । त्यसै गरि उनले अशक्त तथा जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण्का लागी नगरपालिकाका स्वास्थकर्मीले घरघरमै सेवा पुर्याउने र हरेक बिधालयमा बिधार्थीको नियमित स्वास्थ परिक्षणको उचित ब्यबस्था गरिने बताए ।
साथै उनले नगरपालिकाको गौरब कागेश्वरी धामको सँरक्षण र बिकाशका साथै मनोहरा करिडोर निर्माण लगायतको काम आगामी ५ बर्षभित्र सम्पन्न गरिने पनि बताए । परम्परागत शैलीबाट बिकासले गतिलिन नसक्ने भएकोले बिकाश निर्माणलाई प्रबिधी सँग जोड्दै द्रुत गतिमा बिकाश निर्माणका काम अगाडी बढाईने उनले बताए । त्यसैगरि उनले युवाहरुका लागी खेलकुद को विकास गरि नगरभित्रका खेलाडीलाई अन्तराष्टिय स्तरमा पुर्याउन मद्धत गरिने पनि नगर प्रमुख कार्कीले बताए ।
कार्यक्रमलाइ सम्बोधन गर्दै नव निर्वाचित नगर उप प्रमुख शान्ता थापालेआम मतदातालाइ धन्यवाद दिदै निर्बाचनमा ब्यक्त गरेका बाचा अक्षरस पुरा गर्ने बताउँदै जनताको काममा हरपल तत्पर रहने प्रतिबद्धता जनाएकी थिइन ।नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरेले स्वागत मन्तब्य राखेको कार्यक्रममा निबर्तमान जनप्रतिनिधीलाई सम्मान सहित बिदाई गरिएको थियो।कार्यक्रममा प्रमुख निर्बाचन आयुक्त शारदा राउत लगायत बिभिन्न दलका प्रतिनिधीहरु साथै निबर्तमान उपप्रमुख बिन्दु पुडासैनी(सिँखडा)ले नबनिर्बाचित जन प्रतिनिधीहरुलाई बधाई साथै कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेकी थिइन ।
सपथ ग्रहण पश्चात नव निर्वाचित नगर प्रमुख कार्कीले आगामी ५ बर्षभित्र नगर पालिका भित्रका हरेक घरमा स्वच्छ पिउने पानी सहितको धारा जडान गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्दै पदभार ग्रहण गरेका हुन । पदभार ग्रहणपछि नगरप्रमुख कार्कीले सबै राजनीतिक दलहरूको सुझाव र सल्लाहलाई लिएर जनताको मन जित्ने गरी कागेश्वरी मनोहरा नगरको साझा विकासमा लाग्ने प्रतिबद्धता जनाएका छन । कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुखमा कांग्रेसबाट र उपप्रमुखमा एमालेबाट प्रतिनिधित्व गरेका छन् ।साथै सपथ ग्रहण पश्चात प्रमुख उपेन्द्र कार्की उप प्रमुख शान्ता थापा तथा ९ वटै वडाका वडाअध्यक्ष तथा सदस्यहरुले आ आफ्नो वडामा पुगी पदभार ग्रहण गरेका थिए ।