गोकर्णेश्वर ४ का नव निर्वाचित वडा अध्यक्ष जयराम महत सहित सदस्यहरुले पदभार ग्रहण गरे
कपन अनलाइन
काठमाडौँ, जेठ १० । गोकर्णेश्वर नगरपालिका वडा नं ४ का नव निर्वाचित वडा अध्यक्ष जयराम महत तथा सदस्यहरुले सोमबार पदभार ग्रहण गरेका छन । सोमबार नै नगरपालिकाको सभाहलमा नगर प्रमुख दिपक रिसालले पद तथा गोपनियता सपथ खुवाए संगै वडा कार्यलय पुगी वडा अध्यक्ष जयराम महत लगायत वडा सदस्यहरु कृष्ण श्रेष्ठ, राजेश श्रेष्ठ , गौरी श्रेष्ठ र सुनिता परियारले पदभार ग्रहण गरेका हुन । नवनिर्वाचित वडा अध्यक्ष सहित सदस्यहरुलाई वडा कार्यालयमा वडा सचिब नवराज सेन सहित कर्मचारीहरुले स्वागत गरेका थिए।
नेपाली कांग्रेस पार्टीले टिकट नदिएर अन्याय गरेको भन्दै स्वतन्त्र बाट उम्मेद्बारी दिएका महत ले हालै सम्पन्न स्थानीय तह निर्बाचन १०२७ मत सहित वडा अध्यक्षमा बिजयी भएका हुन । जयराम महतले पुर्व वडा अध्यक्ष नेकपा एमालेका उम्मेदवार श्रीकुमार श्रेष्ठलाई पराजित गरेका हुन । महत यसअघि ०७४ सालको स्थानीय चुनावमा वडा नम्बर ४को वडा सदस्यमा नेपाली कांग्रेस बाट बिजयी भएका थिए । नेपाली कांग्रेसले टिकट नदिएपछी काँग्रेसको सबै पदबाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका महतले लौरो चुनाब चिन्ह पाएका थिए । उनलाई एकीकृत समाजबादी र माओवादी केन्द्रको समेत साथ रहेको थियो ।पदभार ग्रहण गरे संगै नव निर्वाचित वडा अध्यक्ष जयराम महतले आम मतदाताको सदभाब र मायाप्रति उच्च सम्मान गर्दै राम्रो काम गरेर धन्यवाद दिने बताएका छन। उनले मतदाताको मत खेर नजाने गरि निष्पक्ष रुपमा साझा रुपले सबैको सल्लाह सुझाबको आधारमा काम गर्ने प्रतिबद्दता समेत जनाएका छन।