नागार्जुन २ मा दोस्रो कार्यकाल दोहोर्याउदै नेकपा एमालेका थुमराज केसीको टिम

नागार्जुन २ मा दोस्रो कार्यकाल दोहोर्याउदै नेकपा एमालेका थुमराज केसीको टिम

कपन अनलाइन

काठमाडौँ , जेठ ३ । काठमाडौँको  नागार्जुन  नगरपालिका वडा नम्बर २   मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ  ।शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार  थुमराज केसी को प्यानलनै विजयी भएको हो ।यसअघि ०७४ सालको स्थानीय चुनावमा वडा नम्बर २  को अध्यक्षमा निर्वाचित भएका केसीले पुन दोस्रो कार्यकालको लागि   राकेश महर्जनको  टिमलाइ पराजित गर्दै बिजयी भएका हुन । अध्यक्ष  थुमराज केसी  संगै वडा सदस्यहरुमा विर बहादुर नगरकोटी,  बिमला महर्जन,  चन्द्रिका बि.क र  लंकेश लामा बिजयी भएका छन।

तपाइँको प्रतिक्रिया ।