टोखा नगरपालिका वडा नं ३ को  मतगनणा शुरु, एमालेको सुरुवाती अग्रता

टोखा नगरपालिका वडा नं  ३ को  मतगनणा शुरु, एमालेको सुरुवाती अग्रता

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ३१ ।

टोखा नगरपालिका वडा नम्वर ३ को  मतगनणा शुरुभएको छ । पहिलो चरणको मतगनणाको परिणाम अनुसार नगर प्रमुखमा नेकपा( एमाले) का प्रकाश अधिकारीले १ सय ९१ मत ल्याएर अग्रता लिएका छन् । यस्तै काँग्रेसका रजनी थापाले १ सय ३ मत ल्याएकी छन् । त्यस्तै माओवादी केन्द्रका उम्मेदवार शेखर श्रेष्ठले २५ मत ल्याएका छन् ।

नगर उपप्रमुखमा नेकपा (एमाले) की ज्ञानमाया डंगोलले १ सय ८०, काँग्रसका मुरारी तामाङ्गले ११८ र माओवादीकी यमुना पुडासैलीले २४ मत ल्याएकी छन् ।

वडाध्यक्षमा नेकपा (एमाले) रमेश डंगोलले १ सय ९६ मत ल्याएका छन् भने काँग्रेसका रमेश जोशीले ८९ मत प्राप्त गरेका छन् ।

यस्तै माओबादीका नवीन कुमार डंगोलले ३७ मत प्राप्त गरेका छन्।  नेाकिपाका किरण  डंगोलले २७ मत प्राप्त गरेका छन् । राप्रपाका पुनलाल श्रेष्ठको २८ मत रहेको छ ।

तपाइँको प्रतिक्रिया ।