पांच वर्ष सशक्त काम गरेकी शान्ती नेपाल गोकर्णेश्वरको चुनाबी मैदानमा

पांच वर्ष सशक्त काम गरेकी शान्ती नेपाल गोकर्णेश्वरको  चुनाबी मैदानमा

कपन अनलाइन

काठमाडौं बैशाख २७  ।  संघीयताको पहिलो अभ्यास गर्दै गर्दा २०७४ को स्थानीय तहको निर्वाचनमा अधिकांश स्थानीय तहमा उपप्रमुखको जिम्मेवारी महिलालाई दिइयो । उपप्रमुखको जिम्मेवारीमा रहँदा उनीहरूले आफ्नो क्षमताको परीक्षण गरिसकेका छन ।

५ बर्षे कार्यकाल सफलता पुर्वक पुरा गरेकी गोकर्णेश्वर नगरपालिकाको उप प्रमुखमानेपाली कांग्रेस बाट पुन उम्मेदवारी दिएकी शान्ती नेपालले उप प्रमुखमा रहँदा सुरू गरेका काम पूरा गर्न र नया योजनालाई कार्यन्वयन गर्नको लागि पनि आफ्नो उम्मेदवारी रहेको बताएकी छिन ।  कमि कमजोरी सबैबाट हुने तर पांच बर्ष संगालेको अनुभबको आधारमा थप काम गर्नको लागि पनि त्यो अनुभब फलदायी हुने  उनले बिश्वास ब्यक्त गरेकी छिन ।

गोकर्णेश्वर नगरपालिकाका क्षेत्रका महिला, बालबालीका, जेष्ठ नागरिकका लागी आफ्नो नेतृत्वमा समाजिक न्याय, समानता र जिवन स्तर सुधारका विभिन्न आयाममा काम गरेकी नेपाल समाजसेवामा पनि उत्तिकै  सक्रिय रहेकी छिन  । नगर उप–प्रमुखमा रहदा  न्यायको निरुपणका लागी  धेरै भूमिका खेलेकी नेपालले मेल मिलाप नीति मार्फत धेरै कानुनि उल्झनहरु पनि निरुपण गरेकी नेपाल उप प्रमुखको लागि पुन चुनाबी मैदानमा होमिएकी छिन ।

तपाइँको प्रतिक्रिया ।