ज्येष्ठ नागरिकको आशिर्वाद लिदै टोल टोलमा नेकपा एमाले गोकर्णेश्वर ३ का उम्मेदवारहरु

ज्येष्ठ  नागरिकको आशिर्वाद लिदै टोल टोलमा नेकपा एमाले गोकर्णेश्वर ३ का उम्मेदवारहरु

कपन अनलाइन

काठमाडौं,बैशाख २६ । आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवार घरदैलो अभियानमा जुटेका छन् । गाउँ–गाउँका मतदातालाई आफ्नो पक्षमा रिझाउन उम्मेदवार घरदैलो अभियान सुरु गरेका हुन् ।विभिन्न दलका उम्मेदवार आफ्नो पार्टीको घोषणापत्र र कार्यसूची बोकेर मतदाताका घर–घरमा पुगिरहेका छन । त्यो क्रममा नेकपा एमाले बाट गोकर्णेश्वर नगरपालिका वडा नं ३का उम्मेदवारहरु पनि घरदैलो अभियानमा नै रहेका छन ।

 नेकपा एमाले बाट गोकर्णेश्वर नगरपालिका वडा नं ३ का  वडाध्यक्षका उम्मेदवार मुरारी प्रसाद कुइकेल, वडा सदस्यका उम्मेदवार सचिन लामा, बुद्धि बहादुर श्रेष्ठ, लक्ष्मी भण्डारी रचित्रमाया बि.कसहितको टोलीलाई घरदैलोको क्रममा स्थानीय ज्येष्ठ नागरिकले  फुल माला खादा र अबिर लगाई आशिर्वाद दिदै जितको लागि अग्रिम शुभकामना व्यक्त गरेका छन् ।लामो समय देखि राजनिति संगै समाज सेवामा  होमिएका वडा अध्यक्षका उम्मेदवार मुरारी प्रसाद कुइकेल २०५४ सालको स्थानीय निकायको निर्वाचनमा साबिक बलुवा गाबिस वडा नं ५ को वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । आफू वडा अध्यक्षमा रहँदा नागरिकको चाहना अनुरुप काम गरेको र विकासको मूल फुटाएको भन्दै विकासलाई पूर्ण रुप दिन सूर्य चिन्हमा भोट हालेर आफ्नो नेतृत्वको टीमलाई जिताउन पनि उनले सबै मतदातालाइ आग्रह  गरेका छन ।

सालिन स्वभाव, प्रष्ट विचार र स्पष्ट धारणा  राख्ने  कुइँकेल पार्टीको  एजेण्डा र योजना  सहित जनताको घर दैलोमा पुग्दै आएका  कुइकेल सहितको टिमलाइ जनताले रुचाएका छन। वडा अध्यक्षका उम्मेदवार कुइकेलले आफु  पैसा कमाउनको लागि राजनीतिमा नआएको, जनताको सेवा गर्नको लागि आफुले उमेद्वारी दिएको  हुँदा ,पैसा भन्दा ठूलो जनताको सेवा रहेको उनी बताउँछन। कुइकेलले वडा नं ३ को पर्यटन पूर्वाधार बिशेष  कृषि योजना   खानेपानी स्वास्थ्य शिक्ष लगायतको  योजनालाई प्राथमिकतामा राखेर  समग्र वडाको विकासका लागि आफुले उम्मेदवारी दिएको बताएका छन ।५ वर्ष जनप्रतिनिधिबाट हुन नसकेका काम देखि यो बीचमा भएका विसंगति र अनियमितता बाट मुक्त गर्दै वडा बासीको सेवामा अहोरात्र खट्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।

२०७४ सालको निर्वाचनमा वडा अध्यक्ष पदको उम्मेदवार रहेका नेकपा  जिल्ला कमिटि सदस्य गोकुल बिष्टले परिचालन कमिटिको संयोजकको भूमिकामा साथ दिएका छन भने युवा नेता सुजन पौडेल र भानु पौडेल पनि अभियानको अग्रमोर्चामा रहेका छन ।वडामा एमालेको जित सुनिश्चित भइसकेकाले कांग्रेस–माओवादीको चिन्हमा भोट हालेर आफ्नो मत खेर नफाल्न २०७४ सालको निर्वाचनमा वडा अध्यक्ष पदको उम्मेदवार रहेका जिल्ला कमिटि सदस्य एबम निर्वाचन परिचालन कमिटिको संयोजक गोकुल बिष्टले सबै मतदातालाइ  आग्रह  समेत गरेका छन ।

तपाइँको प्रतिक्रिया ।