ओखलढुंगा चम्पादेवीमा नेकपा एमालेका खड्ग बहादुर कार्कीको लोप्रियता बढ्यो

ओखलढुंगा चम्पादेवीमा नेकपा एमालेका खड्ग बहादुर कार्कीको लोप्रियता बढ्यो

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २२ ।

ओखलढुंगा चम्पादेवीमा नेकपा एमालेका तर्फ बाट अध्यक्ष पदका उम्मेदवार  खड्ग बहादुर कार्कीको लोप्रियता निकै बढेको छ ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चुनावको मैदानमा उत्रिएका कार्कीले घर दैलो अभियान सुरु गरे संगै जनताले निकै न्यानो स्वागत गरेका छन।

२०७४ सालको स्थनीय तहको निर्वाचनमा १९ सय भन्दा बढी मत प्राप्त गरेका कार्की नेकपा एमालेको उम्मेदवार बने संगै चम्पादेवी गाउँ पालिकामा कांग्रेसको सत्ता पल्टिने चर्चा समेत सुरु भएको छ।

२०४९ र १०५४ मा साविक फुलवारी गाउँ विकास समितिको जनप्रतिनिधिका रुपमा सफलता र जनताले सम्झने काम गरेका कार्कीलाई सघाउन अहिले धेरै नेता तथा कार्यकर्ताहरु चम्पादेवी पुगेका छन।

नेकपा माओवादी केन्द्रको समेत अदृश्य सहयोग पाएका कार्कीलाई समर्थन गर्दै अध्यक्ष पदको स्वतन्त्र उम्मेद्वारी दिएका खेम मिश्रले अन्तिम समयमा आफ्नो अभियान अन्त्य गर्ने तयारी गरेको श्रोतले जानकारी दिएको छ।

यदि त्यसो भएमा कार्कीको उम्मेद्वारी झन् मजबुत हुने बताउदै गाउँपालिका कमिटीका एक नेताले चम्पादेवीले अनुभवी र अग्रगामी सोच भएको नेता खोजेकाले यस पटक कार्कीले जित्ने सम्भावना अत्याधिक रहेको विश्लेषण गरेका छन।

चुनावी सभा :

May be an image of 2 people and text that says 'चम्पादेवी गाउँपालिका वडा नं. देखि १० को आव्हान! चुनाव चिन्ह सूर्य मा मतदान!! "सुशासन, समृद्धि र समाजवादको आधार क. खडग बहादूर कार्की क. दिलामाया मगर चम्पादवी गाउपालिका अध्यक्ष उम्नेदवार चम्पादेवी गाउँपालिकामा एमालेको सरकार" चम्यादेवी गाउपालिका उपाध्यक्ष उम्मेदवार पालिका स्तरीय क्षेत्रीय चुनावी सभा नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन प्रचार सभामा वैशाख २०७९ হ३ गते घोराखोरी जाओ आयोजक: नेकपो एमाले गाउँपालिका कमिटी चम्पादेवी'

तपाइँको प्रतिक्रिया ।