बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का अध्यक्ष उम्मेदवार भरत श्रेष्ठको सपना “चार्मिङ चुनिखेल”

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का अध्यक्ष उम्मेदवार भरत श्रेष्ठको सपना “चार्मिङ चुनिखेल”

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १८।

नेपाली कांग्रेसका तर्फ बाट बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का अध्यक्ष उम्मेदवार भरत श्रेष्ठले “चार्मिङ चुनिखेल” को अवधारणा अगाडी सारेका छन।

अंग्रेजी शव्द  “चार्मिङ ” को अर्थ हुन्छ चमकदार । वडा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रको समेत साथ पाएका भरतले वडा नं १३ लाई संस्कृति ,प्रकृति र मानवीय विकासमा चमकदार बनाउने सपना रहेको बताएका छन।

आफ्नै व्यक्तिगत लगानीमा सडक बत्तिहरु हालेर उज्यालो चुनिखेल अभियानको शुरुवात गरेका उनले आफुले जितेमा झिलिमिली वडा बनाउने योजना रहेको बताएका छन।

वडा नं १३ का टुपेक ,चुनिखेल ,गाम्चा,कौडोल र नयाँ बस्तिहरुको पूर्वाधार र मानवीय विकासका लागि गुरु योजना निर्माण गरेको बताउदै उनले वडामा रहेको सामुदायिक बनलाई पर्या पर्यटन र प्राकृतिक संग्रहालयका रुपमा विकास गर्ने प्रतिवदत्ता समेत ब्यक्त गरेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचमा राम्रो मत ल्याएको नेकपा माओवादी केन्द्रको साथ पार संगै उत्साहित बनेका उनले स्थानीय जात्रा ,पर्व ,संस्कारलाई वडाको पहिचानका रुपमा प्रवर्धन गर्नुका साथै आफुलाई जनताको कुरा सुनेर विकासको योजना बुन्ने जनप्रतिनिधिका रुपमा प्रस्तुत गर्ने बताएका छन।

आफुले निर्वाचन जितेको खण्डमा युवाहरुलाई अवसर ,जेष्ठ नागरिकहरुलाई सम्मान र बालबालिकाहरुलाई प्रोत्साहन गर्ने विशेष कार्यक्रम लागु गर्ने बताउदै उनले वडामा रहेको खेतीयोग्य जमिनको प्रयोग गर्दै वडावासीलाई वडा कै उत्पादन अभियान शुरु गर्ने योजना रहेको सुनाएका छन।

 

तपाइँको प्रतिक्रिया ।