बुढानिलकण्ठ -१३ को गठबन्धनमा गाठो ,उम्मेदवारले मनोनयन फिर्ता लिएनन्

बुढानिलकण्ठ -१३ को गठबन्धनमा गाठो ,उम्मेदवारले मनोनयन फिर्ता लिएनन्

 कपन अनलाइन 

काठमाण्डौ ,बैशाख १७।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को गठबन्धनमा अफ्ट्यारो देखिएको छ।

सो वडामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र विच गठबन्धन बनेर एक अर्कालाई सघाउने सहमति भए पनि केहि उम्मेदवारहरुले मनोनयन फिर्ता नगर्दा समस्या देखिएको हो।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा वडा अध्यक्षमा नेपाली कांग्रेसलाई सहयोग गर्दै नेकपा माओवादी केन्द्रका हरिदास श्रेष्ठले उम्मेद्वारी फिर्ता लिएका छन। यो वडामा एक खुल्ला सदस्य र दलित महिला सदस्य माओवादी केन्द्रले पाएको थियो।

नेकपा माओवादी केन्द्रका तर्फ बाट यस वडामा सानुकाजी श्रेष्ठ खुल्ला सदस्यको उम्मेदवार बनेका छन भने नेपाली कांग्रेसले पाउने क सदस्यमा दिनेश नगरकोटी र श्यामकाजी श्रेष्ठको उम्मेद्वारी परेको छ।

आफ्ना दुवै उम्मेदवारले मनोनयन कायम गरे संगै गठबन्धनमा खैलाबैला मच्चिएपछी नेपाली कांग्रेसले एक उम्मेदवारलाई सम्झाउने प्रयास गरिरहेको श्रोतले जानकारी दिएको छ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।