बुढानिलकण्ठ वडा नं १० का वडावासीको आवाज : सृजनशील र नबिन सोचका नवराज

 कपन अनलाइन 

काठमाण्डौ ,बैशाख १७।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नाग्र्पलिका वडा नं १० को अध्यक्ष उम्मेदवारमा सर्वसम्मत सिफारिस हुँदा नवराज भट्टराई ब्रान्डेड बिज्ञापन एजेन्सी संचालन गरिरहेका थिए।

लामो समय सो क्षेत्रमा काम  गरेका ३२ वर्षीय नवराज भट्टराई आफ्नो निरन्तर उकालो लागिरहेको व्यवसाय छोडेरनिर्वाचनको मैदानमा ओर्लिए।

प्रभावशाली वाक कला,समय र परिस्थितिको सटिक विश्लेषण र फराकिलो सूचना संजाल भएका भट्टराईले नगरपालिका भरी नै सबैभन्दा फराकिलो मत अन्तरले वडा अध्यक्षमा निर्वाचन जिते।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० को पूर्वाधार र सामाजिक विकास संगै रचनात्मक गतीविधिलाई प्राथमिकतामा राखेर आफ्नो ५ वर्षे कार्यकाल सफलतापुर्वक सम्पन्न गरेका ३७ वर्षीय भट्टराई अहिले दोश्रो कार्यकालका लागि चुनावी मैदानमा रहेका छन।

आफ्नो कार्यकालको करिव अन्तिम समयमा वडाका जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै आशिर्वाद लिएर चुनावी मैदानमा ओर्लिएका युवा नेता भट्टराईले नगरपालिकाको प्रवक्ताका रुपमा पनि शशक्त भूमिका निर्वाह गरेका थिए।

धोवीखोला कोरिडोरमा रहेको बस्ति स्थानान्तरणको गम्भीर समस्यालाई नगर प्रमुख उद्दव प्रसाद खरेलको सहयोगले समाधान गरेका उनले नगरको प्रमुख पूर्वाधार नगर अस्पताल वडा नं १० मै निर्माण गर्न निकै मेहेनत गरेका थिए।

युवा संजाल मार्फत हरेक वर्ष विशेष युवा लक्षित कार्यक्रमलाई युवाहरु माझमा पुगेर परिचालन गरेका भट्टराईले सदस्य चन्द्रमान  श्रेष्ठ ,भुवप्रसाद रेग्मी ,रिता दाहाल र दिल कुमारी विकको सक्रिय सहयोगमा वडाको ठुलो विद्यालय बालउद्दार मावीलाई नमुना मावी बनाउन सफल भए भने  चरा सम्मेलन,सुकिलो वडा अभियान,सांगीतिक कार्यक्रम सहित दर्जनौ रचनात्मक कामहरु गरेर वडावासी माझ लोकप्रिय बनेका छन।

आफ्नो ५ वर्षे कार्यकालमा संचार क्षेत्रमा निकै राम्रो स्थान पाएका  नेकपा एमालेको रास्ट्रिय प्रतिनिधि परिषद सदस्य आशालाग्दा युवा नेता भट्टराईको लोकप्रियताका कारण नेपाली कांग्रेसले उनका समकालीन प्रतिस्पर्धी भन्दा फरक शिक्षण पेसामा लामो समय बिताएर निवृत भएका डोर प्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ।

दोश्रो कार्यकालका सर्वसम्मत वडा अध्यक्षको उम्मेदवार बने संगै जनसम्पर्कको अभियान शुरु गरेका उनलाई वडावासीको गरेको न्यानो स्वागत र सदभाव निकै बढे संगै विपक्षी दलहरुले गठबन्धन बनाएका छन।

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।