वडावासीलाई रिझाएका वडा नं १३ का मंगल नगरकोटी फेरी मैदानमा
कपन अनलाइन
काठमाण्डौ,बैशाख १६।
बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को सदस्यका रुपमा ५ वर्ष वडावासीको मन जितेर उनीहरुलाई रिझाएका मंगल नगरकोटी पुन निर्वाचनको मैदानमा उत्रिएका छन।
सरल,सालिन र मेहेनती जनप्रतिनिधिका रुपमा निकै प्रसंशा पाएका नगरकोटीको पहलमा वडाको सापाटार क्षेत्रको कायापलट भएको छ। निरन्तर सक्रिय रहेका उनले विकास निर्माण र जनताको मानवीय सेवामा पुर्याएको योगदान ठुलो रहेको वडा नं १३ मा चर्चा हुने गरेको छ।
वडा नं १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठको सामिप्यमा रहेर विकट भूमिलाई सुगम र सबैको रोजाइको स्थान बनाएका उनले वडा कार्यालयको कार्यसम्पादनमा पनि अब्बल रुपमा योगदान दिएका छन।
तपाइँको प्रतिक्रिया ।