चम्पादेवी-७ मा बलियो बन्दै स्वतन्त्र उम्मेदवार विष्णुहरि पोखरेल,नेकपा एमालेका थापा कमजोर
कपन अनलाइन
काठमाण्डौ,बैशाख १६।
ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं ७ को अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएका विष्णुहरि पोखरेल बलियो बन्दै गए पछी नेकपा एमालेमा रुवावासी शुरु भएको छ।
२०७४ सालमा नेकपा माओवादी केन्द्रबाट वडा नं ७ को अध्यक्षमा विजयी बनेका सुरेश थापा पालिका प्रमुख बन्ने आशामा नेकपा एमालेमा प्रवेस गरेर अन्त्यमा वडा अध्यक्ष उम्मेदवार बने संगै नेकपा एमालेमा बढेको असन्तुस्टीका कारण पोखरेलले जित्ने संक्ने आंकलन गर्न थालिएको छ।
माओवादीको बर्बर यातनाका कारण सहिद बनेका सो क्षेत्रका लोकप्रिय ब्यकतित्व गुरु प्रसाद लुइँटेलको त्याग र योगदानलाई सम्मान गर्नका लागि उम्मेद्वारी दिएको बताउने पोखरेललाई कतिपय नेकपा एमालेकै नेताहरुले खुलेर र लुकेर समर्थन गरे संगै थापाको धरातल हल्लिएको अनुमान गर्न थालिएको छ।
विगतमा तत्कालिन माओवादीको ज्यादतीबाट पिडित बनेका एमालेहरुका लागि पोखरेलको उम्मेद्वारीले उचित र दरिलो बिकल्प बनेको बताउदै एक स्थानीय नेताले सो वडाको जे सुकै हुन् सक्ने विश्लेषण गरेका छन।