बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा कस्तो बन्यो नेपाली कांग्रेसको टिम ?
कपन अनलाइन
काठमाडौँ, बैशाख १३।
गोकर्णेश्वर नगरपालिका वडा नं ११ मा नेपाली कांग्रेसका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन ।
बुढानिलकण्ठ -२ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वडा नं ११ को अध्यक्षमा राधेश्याम कार्की उम्मेद्वारी दर्ता गराएका छन।
त्यस्तै वडा नं ११ को खुल्ला सदस्यमा नेपाली कांग्रेसका राजेन्द्र अधिकारी र समिरबहादुर तामाङले उम्मेद्वारी दर्ता गराएका छन भने महिला सदस्यमा सर्मिला गौतम केसी उम्मेदवार बनेकी छन।
सो वडाको दलित महिला सदस्य पदमा नेपाली कांग्रेसकी गङ्गा परियार उम्मेदवार बनेकी छन।
तपाइँको प्रतिक्रिया ।