प्रगति महिला समुह गोकर्णेश्वर ८ ले ज्येष्ठ नागरिक सम्मान तथा १ महिने सिलाइ कटाई एडभान्स कोर्ष तालिम समापन गर्यो
कपन अनलाइन
काठमाडौं, बैशाख १० ।गोकर्णश्वर नगरपालिका वडा नं ८ मा रहेको प्रगति महिला समूहको आयोजना तथा नगरपालिकाको आर्थिक सहयोगमा थप मेसिन खरिद र १ महिले सिलाइ कटाई एडभान्स कोर्ष तालिमको समापन र ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नबिल फुडल्याण्डमा एक कार्यक्रमका बीच १ महिले सिलाइ कटाई एडभान्स कोर्ष तालिमको समापन तथा ज्येष्ठ नागरिक सम्मान गरिएको हो।
उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा काठमाडौं जिल्ला समन्वय समिति सदस्य सानान्नी लामा रहेकी थिइन भने बिशेष अतिथिको रुपमा माकलबारी टोल सुधार समितिका अध्यक्ष पेमा छिरी शेर्पा, गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा सचिव सुदिप हमाल समाजसेवी राजु सुनार, समाजसेवी रेखा अर्याल, समाजसेवी राजेश दाहाल भेनस स्कुलका प्रिन्सिपल नेत्र दाहाल, भेनस नेसनल कलेजका बिनितराज अर्याल,लगायत आयोजक संस्थाका पदाधिकारी सहित बिभिन्न महिला समूहका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता प्रगति महिला समुहकी अध्यक्ष फुलमाया गुरुङ(प्रिती)ले गरेकी थिईन ।
कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य सानान्नी लामा माकलबारी टोल सुधार समितिका अध्यक्ष पेमा छिरी शेर्पा, गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा सचिव सुदिप हमाल, समाजसेवी राजु सुनार, समाजसेवी रेखा अर्याल, समाजसेवी राजेश दाहाल भेनस नेसनल कलेजका बिनितराज अर्याल लगायतले शुभकामना मन्तब्य राख्दै सिकेका सीपलाई जीवनसंग जोडेर लैजानु पर्नेमा जोड दिएका थिए ।
सहज जीवनयापनका लागि सीप महत्वपूर्ण रहेको भन्दै सीप सिकेर व्यवसायिक बन्न महिलाहरुलाई आग्रह गरेका थिए । यस्ता सीप तथा तालिमले उनीहरुलाई स्वरोजगार बन्ने बाटो खुल्ने समेत बताएका थिए । कार्यक्रममा करिब सय जना ज्येष्ठ नागरिकहरुलाई सम्मान स्वरुप पौष्टिक आहार र कपडा समेत प्रदान गरिएको थियो ।