नेकपा एमाले ओखलढुंगाका दुई नेता केन्द्रिय सम्पर्क समन्वय कमिटिमा मनोनित

कपन अनलाइन
काठमाण्डौ ,बैशाख ७।
नेकपा एमाले ओखलढुंगाका दुई नेता केन्द्रिय सम्पर्क समन्वय कमिटिमा मनोनित भएका छन।
नेकपा एमालेको  केन्द्रिय सम्पर्क समन्वय कमिटीको बैठकले ओखलढुंगा जिल्लाका नेता सुरेन्द्र बोगटी र रन्जना घिमिरेलाई मनोनित गरेको छ।
ओखलढुंगा जिल्लाको लिखु गाउँपालिकाका बोगटी र घिमिरे लामो समय देखि ओखलढुंगा काठमाण्डौ सम्पर्क मंच र प्रदेस सम्पर्क कमिटीमा सक्रिय रहेका थिए।
कानुन क्षेत्रमा सक्रिय रहेका बोगटी ओखलढुंगा काठमाण्डौ सम्पर्क मंचका पुर्व अध्यक्ष हुन्।
तपाइँको प्रतिक्रिया ।