जनप्रतिनिधि र स्थानीयलाई हिरासत पुर्याउने फैका-खरिबोट सडक कालोपत्रे,हर्षित स्थानीयहरु वडालाई धन्यवाद दिए

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ४।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको मुख्य फैका-खरिबोट सडक टेन्डर भएको सात वर्षपछी कालोपत्रे भएको छ।

वारम्बार ठेकेदार कम्पनीको  लापरवाही र ढिलासुस्तीका कारण जिर्ण  सडकको पिडा भोगेका स्थानीय र जनप्रतिनिधिहरुले कालोपत्रे माग गर्दा डेढ घण्टा प्रहरी हिरासतमा विताउनु परेको  सो सडक अन्तत कालोपत्रे हुँदा स्थानीय हरुले हर्षित हुदै वडा र नगरपालिकालाई धन्यवाद दिएका छन।

सो सडक कालोपत्रेको अनुगमनमा पुगेका बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल संग अन्तरक्रिया गर्दै स्थानीयहरुले लामो समय सडक नबन्दा आवतजावत र ब्यापार व्यवसायमा ठुलो असर परेकोमा कालोपत्रे पश्चात निकै सहज हुने भन्दै खुसि व्यक्त गरेका थिए।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का अध्यक्ष शम्भुप्रसाद भट्टराई , कार्यपालिका सदस्य शान्ता ढकाल ,सदस्य डिल्ली प्रसाद खतिवडा सहित पुगेका प्रमुख खरेलले लामो समयको कसरत पश्चात सडक कालोपत्रे भएकोमा स्थानीयहरुलाई बधाई दिदै निरन्तर प्रयासका लागि वडाका जनप्रतिनिधिहरुलाई धन्यवाद पनि दिएका थिए।

बुढानिलकण्ठ नगरपालिकाको पुरानो मध्येको एक सो सडकको मुख्य खण्ड अलपत्र [पर्दा यसले वडा नं ११ ,१३ र गोकर्णेश्वर ९ का विभिन्न क्षेत्रका स्थानीयहरुले समस्या भोग्दै आएका थिए।

 

 

तपाइँको प्रतिक्रिया ।