दलहरूका घोषणा पत्रमा १४ वटा मागहरु समेट्न बुढानिलकण्ठका स्थानीय संचार माध्यमहरुको माग
कपन अनलाइन
काठमाण्डौ ,बैशाख १।
१४ बुँदे सुझाव बुढानिलकण्ठबाट संचालित भएर स्थानीय विषयमा लेख्दै आएका मिडियाका सम्पादकहरूले बुढानिलकण्ठ सञ्चार समाज बनाउने निर्णय गरेका छन् । स्थानीय तह चुनावकाे अवसर पार्टीहरूले घाेषणापत्रमै सूचना तथा संचार विषयलाइ उठाउन सञ्चार माध्यमहरूले एकजुट भएर पहल गर्ने निर्णय गरेका हुन् ।
स्थानीय सहित बिभिन्न विषयमा कलम चलाइ रहेका १० संचार माध्यमहरूले दलहरूलाइ घाेषणापत्रमै सूचना तथा सञ्चार क्षेत्रका महत्वपूर्ण कुराहरू उल्लेख गर्न भन्दै १४ बुँदे सुझाव प्रस्तुत गरेका छन् । बुढानिलकण्ठ ७ हात्तिगाैँडा भएकाे सञ्चार माध्यमहरूले भेलाले सूचना तथा सञ्चार क्षेत्र बलियाे भयाे भने स्थानीय तहकाे विकासमा महत्वपूर्ण याेगदान पुग्ने भन्दै सञ्चारग्राम नै बनाएर संचारकाे क्षेत्रमा काम गर्न पर्ने बताएका छन् ।
जाेखिमपूर्ण पेशा भएकाले सबै पत्रकारलाइ १० लाखभन्दा बढिकाे विमाकाे व्यवस्था, नगर अनुगमन समितिकाे पत्रकारकाे अनिवार्य उपस्थितिसहित सार्वजनिक सुनुवाइ कार्यक्रम संचारमाध्यममार्फत हुनुपर्ने भनिएकाे छ ।
स्थानीयसहित राष्ट्रिय क्षेत्रका विभिन्न आयाममा कलम चलाइरहेका कपन अनलाइन, राताे सूर्य, केटिएम खबर, वागमती टुडे, वाग्मती पेज, एचटिभि खबर, राष्ट्रपाटी, प्राइमटाइम एचडिलगायतका सञ्चार माध्यमका सम्पादकहरूकाे उपस्थितिमा बुढानिलकण्ठका दलहरूलाइ घाेषणापत्रमा राख्न संचार माध्यममले प्रस्तुत गरेका १४ बुँदे सुझाव यस प्रकार रहेका छन :
१. पत्रकारकाे सुरक्षा तथा स्वास्थ्य विमा १० लाखमाथिकाे
२. मिडिया कम्पनी नविकरण कर पूर्ण छुट
३. सूचना तथा संचार मैत्री वडा तथा नगर कार्यालय
४. वडा कार्यलयमा संचार डेस्क
५. प्रत्येक वर्ष मिडिया तथा पत्रकारलाइ सम्मान तथा पुरस्कारकाे व्यवस्था ।
६. पत्रकारिता तथा पत्रकारिताका लागि तालिम, अध्यययन, अनुसन्धानका लागि विशेष व्यवस्था ।
७. बुढानिलकण्ठ संचारग्राम निर्माण ।
८. अनुगमन समितिमा अनिवार्य पत्रकार प्रतिनिधित्व् राख्ने व्यवस्था।
९. स्थानीय पाठ्यक्रममा सूचना तथा संचारकाे विषय राख्ने व्यवस्था ।
१०. नगर तथा वडाकाे सार्वजनिक सुनुवाइ स्थानीय संचार माध्यमले अनिवार्य गर्ने ।
११, नगरपालिकामा स्थानीय पत्रकार संचार सल्लाहकार अनिवार्य राख्ने ।
१२. नगरपालिका सम्पूर्ण सूचना तथा विज्ञापनहरू नगरपालिकामा सूचिकृत संचारमाध्यममालाइ अनिवार्यरूपमा दिनुपर्ने व्यवस्था ।
१३. स्थानीय संचार माध्ययम तथा पत्रकारलाइ नगरपालिकाले विशेष परिचयपत्रकाे व्यवस्था ।
१४. नगरपालिकाकाे कार्यपालिकामा पत्रकार प्रतिनिधित्व गराउने व्यवस्था ।