बुढानिलकण्ठ -१० मा नेकपा एमालेका उम्मेदवार सर्वसम्मत सिफारिस , को को परे ?

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २८ ।बुढानिलकण्ठ नगरपालिका वडा नं १० ले २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु सर्वसम्मत सिफारिस गरेको छ।

वडा नं १० को  अध्यक्षमा नेकपा एमालेका  नवराज भट्टराईर दलित महिला सदस्यमा दिल कुमारी बिक सर्वसम्मत सिफारिस भएका छन भने सदस्यमा चन्द्रमान श्रेष्ठ र देवी रेग्मीको नाम सर्वसम्मत सिफारिस गरिएको छ।

वडा नं १० मा   भएको संगठित सदस्य भेलाले २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि महिला सदस्यको उम्मेदवारमा  रीता दाहालको नाम सिफारिस गरिएको छ।

तपाइँको प्रतिक्रिया ।