गोकर्णेश्वर नगरपालिकामा फोहोर मैला व्यवस्थापन गर्ने मेसिन संचालनमा आयो
कपन अनलाइन
काठमाडौँ, चैत्र २५ । गोकर्णेश्वर नगरपालिकाले अत्याधुनिक फोहोर मैला व्यवस्थापन गर्ने मेशिन बिहिबार बाट सञ्चालनमा ल्याएको छ ।गोकर्णेश्वर नगरपालिका वडा नं. ६ को सीमाना बागमती नदी किनारमा स्थापना गरिएको फोहोर मैला व्यवस्थापन गर्ने इन्सिनरेटर (Incinerator) मेसिन बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा र गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले संयुक्त रुपमा शुभारम्भ गरेका हुन जापान भ्रमणमा जाँदा त्यहाँ सोहि मेसिन बाट सहज रूपमा फोहोरलाई व्यवस्थापन गरेको देखेका नगर प्रमुख सन्तोष चालिसेले उक्त प्रबिधि नेपाल भित्राएका हुन मेसिन ल्याए पनि बिभिन्न समस्याको कारण जडान हुन सकेको थिएन धेरै प्रयास पश्चात उक्त मेसिन बिहिबार बाट संचालनमा आएको हो ।
उक्त मेसिन शुभारम्भ कार्यक्रममा गोकर्णेश्वर नगरपालिकका उप प्रमुख शान्ति नेपाल, गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, वडानं १ का अध्यक्ष राम मानन्धर,वडा नं ३ का वडा अध्यक्ष राजेन्द्रकुमार भण्डारी, वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल, वडा नं ७ का वडा अध्यक्ष केशव गुरुङ, वडा नं ९ का वडा अध्यक्ष राजिव थापाका साथै प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटा, नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल, नगर खेलकुद संयोजक सञ्जय लामा वडा सदस्य नवराज लामा, जयराम महत ,दुर्गा फुयालतिम्सिना नगरपालिकाका विभिन्न शाखा प्रमुख सहित सरोकारवालाको उल्लेख्य उपस्थिती रहेको कार्यक्रम संचालन प्रशासन शाखा प्रमुख टंकनाथ घिमिरेले गरेका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले स्वागत मन्तब्य राखेका थिए। उनले जडान गरिएको मेसिनले नगरपालिकाको फोहोर व्यवस्थापनमा सहयोगी हुने बिश्वास ब्यक्त गरेका थिए। कार्यक्रममा नगरपालिका युवा तथा खेलकुद विकास समितिका संयोजक संजय लामाले कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगानाले फोहोर जलाउने ईन्सिरेटर मेसिन जडान गरेर गोकर्णेश्वर नगरपालिकाले उदाहरणीय काम गरेको बताए। ईन्सिरेटर मेसिन नगरको वडा नं.२ मा स्थापना गर्न लाग्दा गलत भ्रम फैलाई अवरोध पुर्याईएको स्मरण गर्दै फेरी वडा नं४ मा स्थापना गर्न लाग्दापनि गलत प्रचार गरेर सो कार्य पूरा गर्न नदिएकोमा दु:ख व्यक्त गरेका थिए उनले उक्त मेसिन जडान संगै नगरको फोहोर व्यवस्थापनमा सहज हुने बिश्वास ब्यक्त गरेका थिए ।
कार्यक्रम शुभकामना मन्तब्य राख्दै उप प्रमुख शान्ती नेपालले घरबाट निस्कने फोहोरलाई छानेर जलाउन मिल्ने फोहोरलाई जलाउने र मल बनाउन मिल्नेलाई त्यसमै प्रयोग गर्नुपर्ने बताइन्। उनले विशेषगरि महिलाहरूलाई प्राथमिकता दिएर विभिन्न महिला समूहलाई बोलाई सो किसिमको फोहोर व्यवस्थापन गर्ने तरीका सिकाउन जरुरी रहेको बताइन्। महिलाहरुलाई सो सम्बन्धि ज्ञान् दिदा फोहोर व्यवस्थापन कार्य प्रभावकारी हुने उनको भनाई रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाले नगरपालिकाले फोहोर व्यवस्थापन मेसिन जडान गरेकोमा खुसि ब्यक्त गर्दै मेसिनको स्थापनाले नगर क्षेत्रको फोहोर व्यवस्थापनमा सहज हुने विश्वास ब्यक्त गरेका थिए । यसरी फोहोर व्यवस्थापन गर्ने कार्य नेपालमै नौलो भएको सो बाट धेरै उपलब्धिमुलक फाइदा लिनसकिने बताए। फोहोर जलाएर निक्लिएको खरानीलाई बालुवा र सिमेन्ट मिसाएर ईटा बनाउन सकिने जसलाई बाटो सडक पेटीहरुमा प्रयोग गर्न सकिने लामाको भनाइ रहेको थियो । फोहोर जलाएर निस्किएको वाफबाट बन्ने तातोपानी प्रयोग गरेर ठुला फर्निचर उद्योग चलाएका ठाँउमा काठलाई सिजनिङ गर्न सकिने बताउदै नगरलाई त्यता तर्फ पनि ध्यान दिन अनुरोध गरेका थिए ।
अध्यक्षताको आसन बाट बोल्दै नगर प्रमुख सन्तोष चालिसेले आफु जापान भ्रमणमा जाँदा त्यहाँ सोहि मेसिन बाट सहज रूपमा फोहोरलाई व्यवस्थापन गरेको देखेको र त्यसलाई नेपाल भित्राई यहाँको फोहोर व्यवस्थापन गर्ने ईच्छा लागेको हुँदा नेपालमा नै पहिलोपटक ईन्सिनरेटर मेसिन ल्याएर जडान गरिएको बताए। सो प्रविधिले फोहोर व्यवस्थापन गर्न सहज हुने र प्रदुषण नियन्त्रणमा पनि सहयोग पुग्ने चालिसेले बताए। खुला ठाँउमा फोहोर जलाउँदा वातावरण प्रदुषण हुने तर ईन्सिनरेटर मेसिनमा फोहोर जलाउँदा धुवाँ नआउने थोरै वाफ मात्रै उड्ने हुँदा वातावरण मैत्री रहेको पनि नगर प्रमुख चालिसेको भनाइ रहेको थियो । उक्त मेसिनको बारेमा जानकारी गराउने र ल्याउन सहयोग पुर्याउने हिटा हेभी मेसिनरीलाई धन्यवाद दिदै उक्त नौलो प्रविधिको बारेमा प्रचारप्रसार गरि सहयोग गर्न चालिसेले सबैलाई अनुरोध गरेका थिए । फोहोर मैला व्यवस्थापन गर्ने इन्सिनरेटर (Incinerator) मेसिन संचालन व्यवस्थापन कार्य हिटा हेभि मेशिनरी एण्ड रिसाईकल प्रा.लि.ले गर्ने भएको छ ।