लिखु गाउँपालिका वडा नं ७ को अध्यक्षमा युवा नेता विजय बस्नेतको दावी
कपन अनलाइन
काठमाडौँ, चैत्र २४ ।
ओखलढुंगा जिल्लाको लिखु गाउँपालिका वडा नं ७ को अध्यक्षमा युवा नेता विजय बस्नेतले दावी गरेका छन।
लिखु गाउँपालिका -७ निवासी राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य बस्नेत राम्रा र युवालाई उम्मेदवार बनाउन पार्टीले कन्जुस्याइँ गर्न नहुने बताउँछन् ।
उमेरले ३१ वर्षीय बस्नेतले वडा अध्यक्षको उम्मेदवारदावी गर्दै राम्रो मान्छेलाई पालिका र वडाको नेतृत्वमा ल्याउनु पर्ने धारणा राखेका छन।
नागरिकका दुःखसुखमा साथ दिने खालको नेतृत्व नागरिकले चाहेकोले युवाको सक्रियता बढाउनु पर्ने बताउदै उनले पार्टीको संगठन बनाएको, विकास निर्माणमा चासो राख्ने र नागरिकका दुःखसुखमा साथ दिने खालको नेतृत्व पालिका र वडाहरूले खोजेको विचार व्यक्त गरेका छन
लिखु गाउँपालिका ७ मा यसअघि नेकपा एमालेबाट नै बेदबहादुर कार्की वडाध्यक्षमा निर्वाचित भएका थिए । ‘यसअघिको अध्यक्षले पनि राम्रो काम गरेको हुन्,’ उनी भन्छन्, ‘एक पटक निर्वाचित जनप्रतिनिधि नदोहोर्याउँदा राम्रो हुन्छ ।’