गोकर्णेश्वर नगरपालिका वडा नं ४ अध्यक्ष : को को छन नेकपा माओवादी केन्द्रका सम्भावित दावेदारहरु ?
कपन अनलाइन
काठमाडौँ, चैत्र २४ ।
२०७९ बैशाख ३० स्थानीय तहको निर्वाचन घोषणा संगै गोकर्णेश्वर नगरपालिका वडा नं ४ को अध्यक्षमा सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा कुनै पनि पद नजितेको नेकपा माओवादी केन्द्रको तर्फ बाट तीन जना नेताहरुले वडा अध्यक्ष पदका लागि आन्तरिक रुपमा तयारी थालेका छन।
पहिलो निर्वाचन पश्चातको अवधि कमजोर प्रतिपक्षका रुपमा बिताएको नेकपा माओवादी केन्द्र यस पटक भने जसरि पनि स्थानिय तहको सत्तामा पुग्ने रणनीतिमा देखिएको छ।
शाखा र टोल कमिटीमा सर्वसम्मत नेतृत्व चयन गरेको नेकपा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।
१. पासाङ तामाङ
नेकपा नेकपा माओवादी केन्द्र गोकर्णेश्वर नगर सदस्य पासाङ तामाङ आसन्न स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ को अध्यक्ष पदको प्रवल दावेदारका रुपमा रहेका छन। तामाङ राजनीति संगै सामाज सेवामा सक्रिय रहेका छन।
२. शिवहरि श्रेष्ठ
नेकपा माओवादी केन्द्र गोकर्णेश्वर नगरपालिका वडा नं ४ कमिटी अध्यक्ष शिवहरि श्रेष्ठ आसन्न स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ को अध्यक्ष पदको प्रवल दावेदारका रुपमा रहेका छन। श्रेष्ठ बिभिन्न संघ संस्थामा आवद्ध हुदै विकास निर्माणको साथै राजनीति र सामाजिक सेवामा समेत सक्रिय रहेका छन ।
३. रामलाल श्रेष्ठ
नेकपा माओवादी केन्द्र गोकर्णेश्वर सचिवालय सदस्य रहेका आसन्न स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ को अध्यक्ष पदको प्रवल दावेदारका रुपमा रहेका छन। २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षका उम्मेदवार रहेका श्रेष्ठ राजनीति संगै सामाज सेवा र वडाको विकास निर्माणमा सक्रिय रहेका छन ।