शंखरापुरका युवा नेता दाहाल नेकपा माओबादी केन्द्रमै फर्किए

शंखरापुरका युवा नेता दाहाल नेकपा माओबादी केन्द्रमै फर्किए

कपन अनलाइन 

काठमाडौं, चैत्र २३ । नेकपा एमाले शंखरापुर नगर सचिवालय सदस्य एवम् युवा नेता सुरेन्द्र दाहालले नेकपा एमाले परित्याग गरेका छन    । आज एक बिज्ञप्ती निकाल्दै उनले आजबाट आफू नेकपा एमालेको कुनै पनि जिम्मेवारीमा नरहेको  जानकारी गराएका छन  । भुलबस केही समयका लागि आफु क्षणिक आवेगमा आई प्रतिगमनकारी कित्तामा उभिन पुगेकोमा त्यसप्रती क्षमा माग्दै एमाले अध्यक्ष ओलिमा बढेको अहंकार र घमण्डका कारण नेपालको कम्युनिस्ट आन्दोलनमा ठूलो क्षती पुगेकाले आफुले एमाले परित्याग गरेको  उल्लेख गरेका छन । साथै दाहालले  आजबाटै नेकपा माओबादी केन्द्रमा  रहि पार्टिको जिम्मेवारीमा रहेर सक्रिय रहने जानकारी गराएका छन  ।

तपाइँको प्रतिक्रिया ।