कागेश्वरी मनोहरा नगरपालिका प्रमुख : को को छन माओवादी केन्द्रका सम्भावित दावेदारहरु ?

कपन अनलाइन

काठमाडौँ, चैत्र २३ ।स्थानीय तहको निर्वाचनको माहोल निकै तातेको  छ । दलहरु पार्टीका संगठन सुदृढ गर्न देखि लिएर आफ्ना कार्यकर्ता बीच भेटघाटमा व्यस्त देखिन्छन् । सबै दलले आफ्नो पार्टी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा पहिलो हुने दाबी गरिरहेका छन् ।

यस्तैमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र   कागेश्वरी मनोहराले  पनि  आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित गतिबिधिलाइ निरन्तरता दिदै भेटघाट र छलफल तिब्र बनाएको छ ।

बैशाख ३०  स्थानीय तहको निर्वाचन घोषणा संगै अहिले  कागेश्वरी मनोहरा नगरपालिकामा   पनि सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।२०७४ सालको स्थानीय तहको निर्वाचनमा  एउटा पनि उम्मेदवार जित्न नसकेको नेकपा माओवादी केन्द्र सत्तामा पुग्न आक्रामक  अभियानमा रहेको छ।

नेकपा माओवादी केन्द्रबाट धेरै जनाले प्रमुख पदमा इच्छा व्यक्त गरेपनि अहिले २  जना नेताहरुको चर्चा व्यापक बन्दै गएको छ। पहिलो निर्वाचन पश्चातको अवधि कमजोर प्रतिपक्षका रुपमा बिताएको नेकपा माओवादी केन्द्र यस पटक भने जसरि पनि स्थानिय तहको सत्तामा पुग्ने रणनीतिमा देखिएको छ।

नेकपा माओवादी केन्द्रको तर्फबाट नगर प्रमुख  पदमा दावेदारी दिनसक्ने दुइ नेताको वारेमा यहाँ चर्चा गरिएको छ।

१. भोला चापागाई

नेकपा माओवादी केन्द्र कागेश्वरी मनोहरा नगर अध्यक्ष भोला चापागाई  आसन्न स्थानीय तहको निर्वाचनमा  कागेश्वरी मनोहरा नगरपालिका  प्रमुख पदको प्रवल दावेदारका रुपमा रहेका छन। २०७४ सालको स्थानीय तहको निर्वाचनमा कागेश्वरी नगरपालिका वडा नं ८   वडा अध्यक्ष पदको लागि उम्मेदवार रहेका थिए पार्टी विभाजनको  कठिन समयमा नेकपा माओवादी केन्द्रको  संगठन विस्तार र निर्माणमा जुझारु  देखिएका   चापागाई  विभिन्न सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय  रहदै आएका छन ।

२. लक्ष्मी प्रसाद कुइकेल

नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य लक्ष्मी प्रसाद कुइकेल आसन्न स्थानीय तहको निर्वाचनमा  कागेश्वरी मनोहरा नगरपालिका  प्रमुख पदको  बलियो दावेदारका रुपमा रहेका छन। २०७४ सालको स्थानीय तहको निर्वाचनमा कागेश्वरी नगरपालिका  वडा नं ४ का वडा  अध्यक्ष पदको लागि उम्मेदवार रहेका थिए। नेकपा माओवादी केन्द्रको  संगठन विस्तार र निर्माणमा जुझारु  देखिएका   चापागाई  बिभिन्न संघ संस्थामा आवद्द रेहेर सामाजिक तथा मानवीय सेवा सक्रिय रहदै आएका छन  ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।