गोकर्णेश्वर नगरपालिका वडा नं ३ को अध्यक्षमा युवा नेता सुजन पौडेलको दावी किन ?

कपन अनलाइन

काठमाडौँ, चैत्र २२ । नेकपा एमाले  गोकर्णेश्वर ३ वडा कमिटिका उपाध्यक्ष  युवा नेता सुजन पौडेलले स्थानीय तहमा भएको समस्या सम्बोधन गर्नका लागि आउने निर्वाचनमा वडा अध्यक्ष पदको दावी गरेका छन् ।

गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा एमालेबाट वडा अध्यक्ष पदमा उम्मेद्वार उठ्ने तयारी गरेका  पौडेल राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आएका छन् । समाजको रुपान्तरणका लागि शैक्षिक, आर्थिक र सामाजिक रुपमा सक्षम व्यक्तित्व निर्माण गरेका  पौडेलले  स्थानीय तहदेखि नै  युवालाइ अघि सार्नु पर्नेमा  जोड दिदै आएका छन ।

जनतालाई सेवाप्रवाहमा सरल र सहज बनाई जनतामैत्री स्थानीय तह निर्माणको पक्षमा जानुपर्ने  तर्क  गर्दै आएका  पौडेल  सफल युवा व्यवसायी समेत हुन। पौडेलले  पार्टी संगठनमा रहेर काम गरेको अनुभव र लोकप्रियताको  आधारमा आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदको आफु  बलियो उम्मेद्वार रहेको  दावी गरेका छन् ।विद्यार्थी राजनीतिमा सक्रिया  पौडेल विगतमा भएका विद्यार्थी आन्दोलनमा  सक्रियता पुर्वक सहभागी हुदै आएका छन ।पार्टी विभाजनको  कठिन समयमा नेकपा एमालेको संगठन विस्तार र निर्माणमा जुझारु  देखिएका  पौडेल   विभिन्न संघ संस्थामा रहेर वडाको विकासमा योगदान पुर्याएका छन।

 

तपाइँको प्रतिक्रिया ।