गोकर्णेश्वर नगरपालिका प्रमुख : को को छन राप्रपाका सम्भावित दावेदारहरु ?
कपन अनलाइन
काठमाडौं, चैत्र २१ । २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिए संगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गोकर्णेश्वर नगरपालिकाको प्रमुख पदमा दावेदारी गर्ने नेताहरुको कसरत र दौडधुप बढेको छ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा १ वडा अध्यक्ष जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अहिले नगरपालिकामा रहेको नेपाली कांग्रेसको प्रभुत्वलाई हटाउने भन्दै आक्रामक अभियानमा रहेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)तर्फ बाट धेरै जनाले प्रमुख पदमा इच्छा व्यक्त गरेपनि अहिले चार जना नेताहरुको चर्चा व्यापक बन्दै गएको छ। पहिलो निर्वाचन पश्चातको अवधि कमजोर प्रतिपक्षका रुपमा बिताएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)यस पटक भने जसरि पनि स्थानिय तहको सत्तामा पुग्ने रणनीतिमा देखिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तर्फबाट नगर प्रमुख पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।
१. अनिल प्रसाद पराजुली
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गोकर्णेश्वर नगर अध्यक्ष रहेका अनिल प्रसाद पराजुली आसन्न स्थानीय तहको निर्वाचनमा राप्रपा बाट नगर प्रमुख पदका दावेदारको रुपमा देखिएका छन। पराजुली लामो समय देखि शैक्षिक क्षेत्रमा संलग्न हुदै राजनीति र समाज सेवामा सक्रिय रहेका छन लायन्स क्लबमा आवद्द रहेका पराजुली सोहि क्लब बाट निरन्तर सामजिक तथा मानवीय सेवामा सक्रिय रहेका छन
२. कृष्ण बहादुर पण्डित क्षेत्री
गोकर्णेश्वर नगरपालिका वडा नं २ का अध्यक्ष एबम राप्रपाका पुर्व केन्द्रीय सदस्य कृष्ण बहादुर पण्डित क्षेत्री आसन्न स्थानीय तहको निर्वाचनमा राप्रपा बाट नगर प्रमुख पदका दावेदारको रुपमा देखिएका छन। २०७४ सालको स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालिका वडा नं २ को अध्यक्षमा उम्मेदवार रहेका पण्डित ६४८ मत सहित बिजयी भएका थिए उनि लामो समय देखि नगरपालिकामा विकास निर्माण सगै रजनीतिक र सामाजिक गतिविधिमा सक्रीय रहदै आएका छन।
३ . श्याम सुन्दर पण्डित क्षेत्री
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं क्षेत्रीय अध्यक्ष श्याम सुन्दर पण्डित क्षेत्री आसन्न स्थानीय तहको निर्वाचनमा राप्रपा बाट नगर प्रमुख पदका दावेदारको रुपमा देखिएका छन। उनि राजनीति संगै समाज सेवामा सक्रिय रहेका छन ।
४. श्याम कृष्ण श्रेष्ठ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पुर्व केन्द्रीय सदस्य एबम हालका क्षेत्रीय सदस्य श्याम कृष्ण श्रेष्ठ आसन्न स्थानीय तहको निर्वाचनमा राप्रपा बाट नगर प्रमुख पदका दावेदारको रुपमा देखिएका छन।२०७४ सालको स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालिका प्रमुख पदका उम्मेदवार समेत रहेका श्रेष्ठ राजनीति संगै व्यवसाय समाजसेवा र विकास निर्माणका गतिबिधिमा सक्रिय रहदै आएका छन।
५. सुमित्रा श्रेष्ठ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की गोकर्णेश्वर नगर सदस्य सुमित्रा श्रेष्ठ आसन्न स्थानीय तहको निर्वाचनमा राप्रपा बाट नगर प्रमुख पदका दावेदारको रुपमा देखिएका छन।२०७४ सालको स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालिकाको उप प्रमुख पदका उम्मेदवार समेत रहेकी थिइन।