गोकर्णेश्वर नगरपालिका वडा नं ५ को अध्यक्षमा दुर्गा प्रसाद बराल र श्री बहादुर योगीको चर्चा

गोकर्णेश्वर नगरपालिका वडा नं  ५  को अध्यक्षमा दुर्गा प्रसाद बराल र श्री बहादुर योगीको चर्चा

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १९।२०७९  बैशाख ३०  स्थानीय तहको निर्वाचन घोषणा संगै गोकर्णेश्वर नगरपालिका वडा नं ५  को अध्यक्षमा सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले वडा अध्यक्ष मात्र जितेको  यस वडामा नेपाली कांग्रेसका तर्फ बाट विभिन्न नेताहरुले वडा अध्यक्ष पदका लागि दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ ।

नेपाली कांग्रेसको तर्फ बाट गोकर्णेश्वर  नगरपालिका वडा नं  ५  को अध्यक्ष पदमा दावी गर्न सक्ने सम्भावित नेताहरुको वारेमा चर्चा परिचर्चा सुरु भएको छ। नेपाली कांग्रेसको तर्फ बाट गोकर्णेश्वर नगरपालिका वडा नं ५  को अध्यक्ष पदमा दावेदारी दिन सक्ने सम्भावित नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।

१. दुर्गा प्रसाद बराल

 नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि  दुर्गा  प्रसाद बराल  स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गोकर्णेश्वर नगरपालिका वडा नं ५  को अध्यक्षमा बलियो दावेदारका रुपमा रहेका छन। बिभिन्न संघ संस्थामा आवद्द हुदै राजनीति तथा समाजसेवामा सक्रिय रहेका बराल १३ औं महाधिवेशनमा पनि नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन नेपाली काँग्रेसको बिभिन्न पदमा रहेर योगदान दिएका छन  ।

२. श्री बहादुर योगी

नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि श्री बहादुर योगी आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गोकर्णेश्वर नगरपालिका वडा नं ५  को अध्यक्षमा बलियो दावेदारका रुपमा रहेका छन। बिभिन्न संघ संस्थामा आवद्ध हुदै  सहकारी  संगै व्यवसाय ,राजनीति र सामाजिक सेवामा  सक्रिय रहेका  योगी  २०७४ सालको स्थानीय तहमा वडा सदस्यको उम्मेदवार रहेका थिए ।  योगी र बराल  संगै  गोकर्णेश्वर ५ को अध्यक्षमा  नारायण बहादुर सुवेदी, शेखर सुवेदी, रमेश रिजाल, बच्चुराम चौलागाई  राम कृष्ण बरालको पनि चर्चा  चलेको छ ।

 

 

 

तपाइँको प्रतिक्रिया ।