बुढानिलकण्ठमा नेपाली कांग्रेसको उदय : सभापति राजाराम बुढाथोकीले देखेका पाँच प्रमुख आधार

बुढानिलकण्ठमा नेपाली कांग्रेसको उदय  : सभापति राजाराम बुढाथोकीले देखेका पाँच प्रमुख आधार

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १९।

२०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरु घोषणा पत्र / प्रतिज्ञा पत्र / प्रतिवद्धता पत्र निर्माण संगै उम्मेदवारहरुको छनौटमा व्यस्त रहेका छन।

बुढानिलकण्ठ नगरपालिकाका राजनीतिक दलहरु पनि अहिले उम्मेदवार चयन र आगमी रणनीति तय गर्न निकै व्यस्त रहेका छन। यस नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले केहि वडामा उम्मेदवार सर्वसम्मत सिफरिस गरिसकेको छन  भने नेकपा एमालेले चैत्र मसान्त सम्म उम्मेदवार टुंग्याउने तयारी गरेको छ।

स्थानीय तहको निर्वाचन आउन ४१ दिन बाँकी हुँदा बुढानिलकण्ठ नगरपालिकाका राजनीतिक पार्टीका प्रमुखहरु संग जित्ने पाँच प्रमुख आधारहरुका वारेमा कपन अनलाइनले कुराकानी गरेको छ।

बुढानिलकण्ठ नगरपालिकामा दुई वडा अध्यक्ष सहित केहि वडामा सदस्य जितेको नेपाली कांग्रेसका नगर सभापति राजाराम बुढाथोकीलाई  कपन अनलाइनको प्रश्न थियो  तपाईको पार्टीले पुनरागमन गर्ने पाँच आधारहरु के के हुन् ?

नेपाली कांग्रेस बुढानिलकण्ठका सभापति राजाराम बुढाथोकी भन्छन :

गत निर्वाचनमा स्थानीय तह नेपाली कांग्रेसले गुमाउदा प्रतिनिधि  सभा सदस्य र सरकार बाट आउने योजनाहरुलाई सफल रुपमा कार्यान्वयन गर्न सकिएन। नेपाली कांग्रेसका महामन्त्री तथा काठमाण्डौ क्षेत्र नं ४ का सांसद गगन कुमार थापाको योजना र सपनालाई स्थानीय सरकारले बेवास्ता  गर्दा नगरपालिकाले धेरै गुमायो । अवको निर्वाचनमा नेपाली कांग्रेसले जित्ने आधारहरु निम्न रहेका छन।

१. मतदातामा स्पस्ट धारणा र चुस्त संगठन 

२०७४ सालका निर्वाचनमा कम्युनिस्टहरुलाई अत्यधिक मत दिएका जनतालाई निरास बनाउदै फुट र विभाजनमा लागे पनि नेपाली कांग्रेस अहिले एकजुट र  एकमत रहेको छ।

बुढानिलकण्ठ नगर समिती र वडाहरुमा चयन भएर आएको नेतृत्व र सदस्यहरु अहिले मजबुत कांग्रेस बानाउने अभियान निकै सक्रिय रुपमा लागेका छन। धेरै समय अन्यौल र अव्यवस्थित रहेको संगठनलाई हामीले चुस्त बनाउंदै आक्रामक अभियानमा परिचालित गरेका छौ।

घर घर जाउँ कांग्रेस बनाउ अभियान अन्तरर्गत हजारौ नया साथीहरु नेपाली कांग्रसको अभियानमा सामेल हुदै सक्रिय बनेका छन।

२. रुपान्तरण र पुस्तान्तरण ( अग्रजको सम्मान युवाको व्यवस्थापन )

नेपाली कांग्रेसको नगर समिती र अन्य समिती हेर्दा पनि तह हुन्छ हामीले नया जोस र उर्जामा रहेको युवा पुस्तालाई अवसर र नेतृत्व दुवै दिएका छौ। यसको साथै हामीले अग्रज जसको त्याग र बलिदानका कारण हामी नेपाली कांग्रेस भनेर गर्व गर्छौ उहाहरुलाई पनि सम्मान गर्दै अगाडी बढेका छौ।

अग्रजहरुक अनुभवको आलोक र युवाहरुको उर्जा र जोस सहितको समर्पण आगामी निर्वाचनमा नेपाली कांग्रेसले जित्ने आधार बन्छ भन्नेमा विस्वस्त छु।

३.स्वास्थ्य र शिक्षामा क्रान्ति 

नेपाली कांग्रेसले सधै स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेको छ। बुढानिलकण्ठ नगरपालिकालाई पनि हामि स्वास्थ्य र शिक्षाको केन्द्र भागमा राख्न सक्ने प्रसस्त आधार रहेका छन।

हाम्रो सांसद गगन कुमार थापाले स्वास्थ्य मन्त्रि हुँदा सारेको योजना नगर अस्पताल र शैक्षिक सुधारमा हाम्रो  स्पस्ट योजनाले पनि नगरवासीको मन जित्नेमा आशावादी छु।

४. कांग्रेस प्रति देखिएको जनलहर 

कम्युनिस्टहरुको स्वार्थ केन्द्रित काम र व्यक्तिवादी  चिन्तनका कारण अहिले नेपाली कांग्रेस प्रति जनलहर  सबैलाई स्पस्ट देखिएको छ। बुढानिलकण्ठ नगरपालिकामा पनि नेपाली कांग्रेस प्रति निकै ठुलो जन आकर्षण रहेको छ।

बुढानिलकण्ठ नगरपालिकामा अविगत  वर्षमा देखिएका बेतिथी र भ्रस्टाचारका शृंखलावद्ध कर्मचारी पक्राउ प्रकरणले पनि नेपाली कांग्रेस पार्टी आकर्षण बढेको छ।

५.सम्मुन्नत नेपाल सम्मानित नेपाली    

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ल्याएको सम्मुन्नत नेपाल सम्मानित नेपाली    को नारा पनि हाम्रो पनि यस पटक मूल नारा हुनेछ। जनाशंख्या  र मतदातामा काठमाण्डौको दोश्रो ठुलो बुढानिलकण्ठ नगरपालिकालाई समृद्ध बनाउने अभियान कांग्रेसले मात्र पुरा गर्छ । यसका लागि हामि हाम्रो घोषणा पत्र र जनताको समू सपथका लागि चाडै कार्यक्रम लिएर आउने छौ।

नेपालको राजनीतिक भविष्यका रुपमा रहेका महामन्त्री गगन थपको सपनामा बुढानिलकण्ठ वासीको पूर्ण समर्थन रहनेमा हामि विस्वस्त छौ ।

( बुढानिलकण्ठ नगरपालिकाका राजनीतिक दलका प्रमुखहरुको धारणा क्रमस प्रस्तुत गर्दै लानेछौ ….)

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।