बुढानिलकण्ठ-१२ मा नेपाली कांग्रेसको उम्मेदवार मै हुँ ,एमालेलाई सजिलै हराइन्छ : होमनाथ तिमल्सिना
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १९।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा नेपाली कांग्रेसको तर्फ बाट वडा अध्यक्ष उम्मेदवार रहेका होमनाथ तिमल्सिना ( नवराज ) ले यस पटक पनि अध्यक्ष पदको उम्मेदवार बन्ने दावी गरेका छन।
सो निर्वाचनमा १०२७ मत प्राप्त गरेका तिमल्सिनाले यो निर्वाचनमा पनि पार्टीले आफुलाई नै उम्मेदवार बनाउने दावी गर्दै सजिलै नेकपा एमालेलाई हराउने बताएका छन।
अघिल्लो निर्वाचनमा विविध आन्तरिक कारणले पराजित भए पनि यसपटक सजिलै जित्ने आधार सृजना भएको जानकारी दिदै तिमल्सिनाले एकमत र एक साथ रहेर कांग्रेस निर्वाचन तयारीमा जुट्ने बताएका छन।
यस पटक काठमाण्डौ क्षेत्र नं ४ मा रहेका बुढानिलकण्ठ नगरपालिकाका ८ मध्ये ५ वडामा जित निकाल्ने दावी गर्दै उनले वडा नं १२ मा एमाले कमजोर बनेको आंकलन गरेका छन।
तपाइँको प्रतिक्रिया ।