नेपाली कांग्रेसका प्रदेस सदस्यको “फेसबुक पोस्ट” ले बुढानिलकण्ठको राजनीति तरंगित

नेपाली कांग्रेसका प्रदेस सदस्यको “फेसबुक पोस्ट” ले बुढानिलकण्ठको राजनीति तरंगित

कपन अनलाइन
काठमाडौं, चैत १६।

नेपाली कांग्रेस बागमती प्रदेस समितीका सदस्य सानु श्रेष्ठले गरेको “फेसबुक पोस्ट” ले बुढानिलकण्ठको राजनीति तरंगित बनाएको छ।

नेपाली कांग्रेस बुढानिलकण्ठ नगर समितीले आयोजना गरेको निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा खिचेको सेल्फी राख्दै  रास्ट्रिय युवा संघ नेपाल बुढानिलकण्ठ-८ का अध्यक्ष कांग्रेसमा प्रवेस गरेको भनेर लेखेका श्रेष्ठको पोस्टका कारण आरोप प्रत्यारोप तीव्र भएको छ।

हेर्नुहोस श्रेष्ठले सामाजिक संजालमा राखेको सामाग्री :

नेकपा एमालेको जिम्मेवार जनसंगठनका रुपमा रहेको युवा संघका शाखा अध्यक्ष नै प्रवेस भनेर जिम्मेवार नेताले सार्वजनिक माध्यममा लेखे संगै चर्चामा आएका रास्ट्रिय युवा संघ नेपाल बुढानिलकण्ठ -८ का अध्यक्ष सोनाम तामाङ्गले आफ्नो सामाजिक संजालमा लेख्दै श्रेष्ठको पोस्ट जनतालाई भर्म छर्ने कम मात्र भएको प्रतिक्रिया दिएका छन।

राजनीतिक चरित्र हत्या गर्ने भ्रामक सुचना नदिन नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ लाई चेतावनी दिदै अध्यक्ष तामाङ्गले आफु नेकपा एमाले वडा नं ८ को सदस्य र युवा संघको अध्यक्षका रुपमा सक्रिय रहेको बताएका छन।

हेर्नुहोस तामाङ्गले सामाजिक संजालमा राखेको सामाग्री :

श्रेष्ठको सो सामग्रीको स्क्रिन सट राख्दै नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ८ का अध्यक्ष बिनोद थापाले नेपाली कांग्रेसले गठबन्धनले नपुगेर भ्रमको खेति सुरु गरेको भन्दै आक्रोस व्यक्त गरेका छन ।

हेर्नुहोस थापाले सामाजिक संजालमा राखेको सामाग्री :

 

 

 

स्थानीय निर्वाचनको समय नजिकिदै गर्दा भएको यो प्रचार र त्यसले ल्याएको तरंगले बुढानिलकण्ठ नगरपालिकाको राजनीति निकै तताएको  यो विषयमा बुढानिलकण्ठका राजनीतिक दलका नगर समिति /कमिटीहरुले  औपचारिक रुपमा भने अहिले सम्म केहि बोलेका छैनन।

 

 

तपाइँको प्रतिक्रिया ।