वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महामन्त्री गगन थापालाई स्थानीय तहको भविष्य कोर्ने जिम्मा

कपन अनलाइन 

काठमाडौँ, चैत्र ११।

२०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा घोषणा पत्र निर्माणका लागि नेपालका दुई मुख्य पार्टीहरुले नेताहरुलाई जिम्मेवारी दिएका छन।

नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) र नेपाली कांग्रेसले स्थानीय तहको घोषणा पत्र निर्माणका लागि वरिष्ठ  उपाध्यक्ष ईश्वर पोखरेल र महामन्त्री गगन थापालाई जिम्मेवारी दिएका छन।

काठमाण्डौ क्षेत्र नं ५ र क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य पोखरेल र थापाले अव आगामी ५ वर्षको खाकामा नेपालको दुरगामी विकासको खाका कोर्नु पर्नेछ।

संघीय सरकार,प्रदेस सरकार र अन्य सम्पूर्ण निकायहरुका नीति,योजना र कार्यक्रमहरु कार्यन्वयन गर्ने आधारभूत इकाईका रुपमा रहेका स्थानीय तहको अवधारणा निर्माणका पोखरेल र थापाले देशाटनका अवसरमा देखेका,भोगेका र महसुस गरेका आधारभूत तहका जनताको अपेक्षा र आशालाई उत्तम दस्तावेजीकरण गर्ने सुनौलो अवसर पाएका छन।

२०७४ साल बैशाख ३० गते शुरु भएर तिन चरणको निर्वाचन पश्चात पूर्णता पाएका ७५३ स्थानीय तहका जनप्रतिनिधिहरुमा सुरुवाती चरणमा देखिएको रवाफ,केहिपछी दृश्य अदृश्य कारणले देखिएको प्रभाव,सम्बन्ध र शक्तिले पारेको दवाव र कोभिड कहरले पारेको अशरका बाबजुत पनि भएका अनुकरणीय कामहरुको अनुसरण तथा स्थानीय तहमा देखिएका भ्रस्टाचार बजेट दुरुपयोग नियन्त्रण र विकासको मोडेलमा प्रमुख दलहरुको स्पस्ट दृष्टिकोण निर्माण गर्ने जिम्मेवारी पाएका पोखरेल र थापाका सामु समग्र राष्ट्रलाई नै औपचारिक रुपमा सम्बोधन गर्ने जिम्मेवारी आएको छ।

नेपालका ग्रामिण र शहरी भेगमा देखिएको डरलाग्दो पलायन,युवाहरुमा देखिएको विदेसमुखी सोचललाई बदलेर आफ्नै थातथलोमा फर्किन प्रेरित गर्ने दस्तावेजका रुपमा घोषणा पत्र आउनु पर्ने अपेक्षा नेपालीहरुले गरिरहेका छन।

बौद्धिक र श्रम पलायनका कारण मत हुने तर मान्छे नहुने चुनौतीपूर्ण अवस्था भोगिरहेका स्थानीय तहको बाँझो जमिन उर्वरा बनाउने नीति,विधि र योजना सहितको घोषणा पत्रमा चुनौतिका कारक पाँच “स” को सम्बोधन हुनुपर्ने देखिन्छ।

सडक,शिक्षा,संचार,सेवा र शशक्तिकरणलाई केन्द्रबिन्दुमा राखेर अब बन्ने राजनीतिक दलका घोषण पत्र निर्माण हुनुपर्ने देखिन्छ भने अवसर,उपकरण र उपयुक्त वातावरण नपाएर हवाइजहाजलाई उड्ने सपना देखेका मनहरुमा मलम लगाएर रोक्न सक्ने हुनुपर्ने देखिन्छ।

भागवत गीता,बाइबल,मुन्धुम,त्रिपिटक,गुरु ग्रन्थ,नवाज र स्त्रोत्रजस्ता पवित्र ग्रन्थहरु जस्तै हरेक राजनीतिक दलका घोषणा पत्रहरु पनि नेता कार्यकर्ता र जनताहरुका लागि पवित्र राजनीतिक दस्तावेज हुने भएकोले वरिष्ठ पोखरेल र महामन्त्री थापाले पाएको जिम्मेवारी निकै अर्थपूर्ण र वजनदार रहेको छ।

 

 

तपाइँको प्रतिक्रिया ।