डुवान पिडित कपनवासीद्वारा नारा जुलुस सहित प्राधिकरण घेराउ,मन्त्रि झाक्रीको गाडी छेकियो

डुवान पिडित कपनवासीद्वारा नारा जुलुस सहित प्राधिकरण घेराउ,मन्त्रि झाक्रीको गाडी छेकियो

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ९।

लामो समयदेखि दर्दनाक डुवान समस्याको पीडाले आजित बनेका बुढानिलकण्ठ नगरपालिका वडा नं १०,११ र १२ का कपनवासीहरुले नारा जुलुस सहित उपत्यका विकास  प्राधिकरणको कार्यालय  घेराउ गरेका छन।

आज दिउसो स्थानीयवासीहरु सहित प्राधिकरणको कार्यालय पुगेको जनप्रतिनिधिहरुको टोलीले सो कार्यालय घेराउ गर्दै तत्काल सो क्षेत्रमा सुरु गरिएको बक्स कल्भर्ट निर्माण सम्पन्न गर्नुपर्ने माग गरेका थिए।

सो बक्स कल्भर्ट निर्माणको ठेक्का पाएको हिमालयन जेभीले विभिन्न बहाना बनाउदै काममा ढिलासुस्ती गरेपछि दवावका लागि प्राधिकरण कार्यालय पुगेका डुवान पिडित कपनवासीहरुले शहरी विकास मन्त्रि रामकुमारी झाक्रीको गाडी रोकेर आक्रोस समेत पोखेका छन।

हरेक वर्ष डुवानका कारण दैनिक जीवनयापन ,व्यवसाय ,शिक्षा र अन्य आपतकालीन सेवामा निकै ठुलो असर भोगेका कपनवासीहरुले आक्रोसित बन्दै प्राधिकरण घेरे पछी सो कार्यालयका प्रतिनिधिहरु स्थलगत अध्ययनका लागि कपन आएका थिए।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।