काठमाण्डौ महानगरपालिका वडा नं १ अध्यक्ष : को को छन नेकपा एमालेका संभावित दावेदारहरु ?

काठमाण्डौ महानगरपालिका वडा नं १ अध्यक्ष : को को छन नेकपा एमालेका संभावित दावेदारहरु ?

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ७।

२०७९ बैशाख ३०  स्थानीय तहको निर्वाचन घोषणा संगै काठमाण्डौ महानगरपालिका वडा नं  १ को अध्यक्षमा  सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष सहित २ सदस्य जितेको नेकपा एमालेबाट आगामी निर्वाचनमा वडा अध्यक्ष  पदमा दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ।

शाखा र टोल  कमिटीमा सर्वसम्मत नेतृत्व चयन गरेको नेकपा एमालेका तर्फबाट वडा अध्यक्ष पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।

१. भरत लाल श्रेष्ठ 

काठमाण्डौ महानगरपालिका वडा नं १ का अध्यक्ष भरत लाल श्रेष्ठ आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेको  तर्फबाट काठमाण्डौ महानगरपालिका वडा नं १ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।

उमेर हदका कारण अहिले पार्टीको सक्रिय जिम्मेवारीमा नरहेका श्रेष्ठ  २०७४ सालको स्थानीय तहको निर्वाचनमा १०३५ मत सहित विजयी बनेका थिए।

२. अनिल कुमार मानन्धर  

नेकपा एमाले काठमाण्डौ महानगर कमिटी सदस्य अनिल कुमार मानन्धर पनि आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेको  तर्फबाट काठमाण्डौ महानगरपालिका वडा नं १ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।

२०५४ सालको स्थानीय निकायको निर्वाचनमा वडा नं १ को अध्यक्षमा १७ मतले पराजित भएका मानन्धर राजनीति संगै विकास निर्माण र समाजसेवामा पनि सक्रिय रहदै आएका छन।

३.अशोक कुमार श्रेष्ठ  

नेकपा एमाले काठमाण्डौ महानगरपालिका वडा नं १ का अध्यक्ष अशोक कुमार श्रेष्ठ पनि आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेको  तर्फबाट काठमाण्डौ महानगरपालिका वडा नं १ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ६५४  मत सहित विजयी बनेका श्रेष्ठ राजनीति संगै विभिन्न सामाजिक गतिविधिहरुमा पनि सक्रिय रहेका छन।

४.रसला तण्डुकार 

काठमाण्डौ महानगरपालिका वडा नं १ की सदस्य रसला तण्डुकार पनि आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेको  तर्फबाट काठमाण्डौ महानगरपालिका वडा नं १ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेकी छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ८९१  मत सहित विजयी बनेकी तण्डुकार राजनीति संगै विभिन्न सामाजिक गतिविधिहरुमा पनि सक्रिय रहेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।