बुढानिलकण्ठ नगरपालिका वडा नं १३ अध्यक्ष : को को छन नेपाली कांग्रेसका संभावित दावेदारहरु ?
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ६ ।
बैशाख ३० स्थानीय तहको निर्वाचन घोषणा संगै बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को अध्यक्षमा सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जितेको यस वडामा नेपाली कांग्रेसका तर्फ बाट विभिन्न नेताहरुले वडा अध्यक्ष पदका लागि आन्तरिक रुपमा तयारी थालेका छन।
शाखा र टोल कमिटीमा सर्वसम्मत नेतृत्व चयन गरेको नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्ष पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।
१. महेन्द्र श्रेष्ठ
नेपाली कांग्रेस क्षेत्रीय समितीका सह सचिव तथा साविक चुनिखेल इकाई समितीका पुर्व सभापति महेन्द्र श्रेष्ठआसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नं १३ को अध्यक्ष पदको उम्मेदवार रहेर ७५७ मत ल्याएका श्रेष्ठ सामाजसेवा र राजनीतिक क्षेत्रमा सक्रिय रहेका छन।
२. भरत श्रेष्ठ
नेपाली कांग्रेस बुढानिलकण्ठ नगर कार्यसमितिका सदस्य भरत श्रेष्ठ पनि स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।
लामो समय देखि नेपाली कांग्रेसका विभिन्न जिम्मेवारीमा रहेका श्रेष्ठ राजनीति संगै विकास निर्माण र सामाजिक सेवामा पनि सक्रिय रहदै आएका छन।
३.सुरज श्रेष्ठ
नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि सुरज श्रेष्ठ पनि स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।
नेपाली कांग्रेस बुढानिलकण्ठ -१३ का पुर्व सचिव श्रेष्ठ राजनीति संगै विकास निर्माण र सामाजिक सेवामा पनि सक्रिय रहदै आएका छन।