चम्पादेवी गाउँपालिका प्रमुख : को को छन नेपाली कांग्रेसका संभावित दावेदारहरु ?

चम्पादेवी गाउँपालिका प्रमुख : को को छन नेपाली कांग्रेसका संभावित दावेदारहरु ?

कपन अनलाइन

ओखलढुंगा ,चैत्र २ ।

बैशाख ३०  स्थानीय तहको निर्वाचन घोषणा संगै अहिले चम्पादेवी  गाउँपालिका ओखलढुंगामा पनि सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नगर प्रमुख,उपप्रमुख सहित ६ वटा  जितेको नेपाली कांग्रेसबाट आगामी निर्वाचनमा पालिका  प्रमुखको पदमा दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ।

नेपाली कांग्रेसका तर्फबाट पालिका प्रमुखको पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।

१. नवराज केसी 

नेपाली कांग्रेस ओखलढुंगा जिल्ला कार्यसमितिका उपसभापति तथा चम्पादेवी गाउँपालिकाका प्रमुख नबराज केसी आसन्न स्थानीय तहको निर्वाचनमा चम्पादेवी गाउँपालिका प्रमुख पदको प्रवल दावेदारका रुपमा रहेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ३२४१ मत सहित गाउँपालिका प्रमुखमा विजयी बनेका केसी जिल्लाको राजनीतिक र सामाजिक विकासमा निरन्तर सक्रिय रहदै आएका छन।

२. अजय लुइँटेल   

नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिव तथा चम्पादेवी गाउँपालिका वडा नं ८ का अध्यक्ष अजय लुइँटेल पनि आसन्न स्थानीय तहको निर्वाचनमा चम्पादेवी गाउँपालिका प्रमुख पदको प्रवल दावेदारका रुपमा रहेका छन।

गाउँपालिकाका प्रवक्ता समेत रहेका लुइँटेल २०७४ सालको स्थानीय तहको निर्वाचनमा ३०८ मत सहित विजयी बनेका थिए।

३.उज्जन बुढाथोकी  

नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सहसचिव तथा चम्पादेवी गाउँपालिका वडा नं १० का अध्यक्ष उज्जन बुढाथोकी पनि आसन्न स्थानीय तहको निर्वाचनमा चम्पादेवी गाउँपालिका प्रमुख पदको प्रवल दावेदारका रुपमा रहेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ३८६ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका बुढाथोकी रचनात्मक र प्रभावकारी काम गरेर जिल्लामा चर्चा कमाएका युवा वडा अध्यक्ष हुन।

४. विष्णु पुलामी 

नेपाली कांग्रेस चम्पादेवी गाउँ पालिका समितीका सभापति विष्णु पुलामी पनि आसन्न स्थानीय तहको निर्वाचनमा चम्पादेवी गाउँपालिका प्रमुख पदको प्रवल दावेदारका रुपमा रहेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा चम्पादेवी गाउँपालिका वडा नं २ को अध्यक्षमा ५९९ मत सहित विजयी बनेका पुलामी राजनीति संगै विभिन्न सामाजिक अभियानमा पनि सक्रिय रहदै आएका छन।

५. कुल बहादुर श्रेष्ठ 

चम्पादेवी गाउँपालिका वडा नं १ का अध्यक्ष कुल बहादुर श्रेष्ठ पनि आसन्न स्थानीय तहको निर्वाचनमा चम्पादेवी गाउँपालिका प्रमुख पदको प्रवल दावेदारका रुपमा रहेका छन।

नेपाली कांग्रेसको १४ औ महाधिवेसनमा प्रदेस क्षेत्र (ख ) को सभापतिमा झिनो मतले पराजित भएका श्रेष्ठ स्थानीय तहको पहिलो निर्वाचनमा ५८५ मत सहित विजयी बनेका थिए।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।