प्रथम बागमती प्रदेश खेलकुद : काठमाडौं फाइनलमा

प्रथम बागमती प्रदेश खेलकुद :  काठमाडौं फाइनलमा

कपन अनलाइन
काठमाण्डौ ,फागुन ३०।
प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत महिला टी– २० क्रिकेटमा काठमाडौं सोमबार फाइनलमा प्रवेश गरेको  छ । तीन टिम सहभागी क्रिकेटको राउन्ड रोविन लिगमा दोहोरो जित निकाल्दै काठमाडौं फाइनलमा पुगेको हो ।
पहिलो खेलमा काठमाडौंले भक्तपुरलाई १० विकेटले पराजित गर्यो  । पहिले ब्याटिङ गरेको भक्तपुरले १७ ओभरमा पूरै विकेट गुमाउदै ४२ रन बनायो । जवाफमा काठमाडौंले विना विकेट क्षति मात्र ३ ओभरमा लक्ष्य भेटायो ।
अर्को खेलमा काठमाडौंले चितवनलाई १ सय २१ को फराकिलो अन्तरले हरायो । काठमाडौंले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै १ सय ८३ रनको योगफल खडा गरेको थियो । काठमाडौंकी कञ्चन श्रेष्ठले ७० रन  जोडिन् । चितवन ६१ रनमा अलआउट भयो । काठमाडौंले उपाधिका लागि भक्तपुर र चितवनबीचको विजेतासंग बुधबार खेल्ने छ ।
खेलकुदअन्तर्गत पुरुष फुटबलमा रामेछाप र मकवानपुर क्वाटरफाइनलमा प्रवेश गरेका छन् । रामेछापले सिन्धुपाल्चोकलाई टाइब्रेकरमा ४–२ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।
मकवानपुरले नुवाकोटलाई ३–० गोलले हरायो । मकवानपुरका सुदीप सापकोटाले २ तथा समिराज ठोकरले १ गोल गरे ।
खेलकुदअन्तर्गत ब्याडमिन्टनको पुरुष टिममा ललितपुरले धादिङलाई ३–० तथा चितवनले सिन्धुलीलाई ३–० ले पराजित गरी फाइनलमा प्रवेश गरे । सोही स्पर्धाको महिलामा सिन्धुपाल्चोकले नुवाकोटलाई ३–२ तथा धादिङले ललितपुरलाई ३–१ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।
खेलकुदअन्तर्गत पुरुष भलिबलमा रसुवाले रामेछापलाई १६–२५, २५–२० र २७–२५, चितवनले सिन्धुलीलाई २२–२५, २५–१९ र २५–१४, नुवाकोटले काभ्रेलाई २५–२२ र २५–१९ तथा सिन्धुपाल्चोकलले भक्तपुरलाई २५–१० र २५–१६ को सेटमा पराजित गरे ।

तपाइँको प्रतिक्रिया ।