चम्पादेवी गाउँपालिका प्रमुख : को को छन नेकपा एमालेका संभावित दावेदारहरु ?

चम्पादेवी गाउँपालिका प्रमुख  : को को छन नेकपा एमालेका संभावित दावेदारहरु ?

कपन अनलाइन
काठमाण्डौ ,चैत्र १ ।

बैशाख ३०  स्थानीय तहको निर्वाचन घोषणा संगै अहिले चम्पादेवी  गाउँपालिका ओखलढुंगामा पनि   सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा एक मात्र वडा जितेको नेकपा एमालेबाट आगामी निर्वाचनमा पालिका  प्रमुखको पदमा दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ।

सबै शाखा र नगर कमिटीमा सर्वसम्मत नेतृत्व चयन गरेको नेकपा एमालेका तर्फबाट पालिका प्रमुखको पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।

१. शंकर बहादुर कार्की 

नेकपा एमालेका केन्द्रीय लेखा आयोगका सदस्य शंकर बहादुर कार्की आसन्न स्थानीय तहको निर्वाचनमा चम्पादेवी गाउँपालिका प्रमुख पदको दावेदारका रुपमा रहेका छन।

२०५४ सालको निर्वाचनमा साविक फुलवारी गाविसको अध्यक्षमा निर्वाचित भएका कार्की नेकपा एमाले ओखलढुंगामा शैदान्तिक र बैचारिक नेताका रुपमा चिनिन्छन।

२. तिर्थ सुबेदी 

नेकपा एमाले प्रदेस नं १ कमिटीका सदस्य तिर्थ सुबेदी पनि आसन्न स्थानीय तहको निर्वाचनमा चम्पादेवी गाउँपालिका प्रमुख पदको दावेदारका रुपमा रहेका छन।

नेकपा एमाले ओखलढुंगाका पुर्व सचिव सुबेदीले सम्पर्क मंच,युवा संघ सहित विभिन्न कमिटीहरुमा निरन्तर रुपमा आफ्नो योगदान पुर्याउदै आएका छन।

३. हरी घिमिरे  

नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटी सदस्य तथा प्रदेस क्षेत्र २ का संयोजक हरी घिमिरे पनि आसन्न स्थानीय तहको निर्वाचनमा चम्पादेवी गाउँपालिका प्रमुख पदको दावेदारका रुपमा रहेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्दै झिनो मतले पराजित भएका घिमिरे लामो समय देखि शैक्षिक ,सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय रहदै आएका छन।

४. सुरेश थापा  

नेकपा एमाले प्रदेस नं १ कमिटीका सदस्य सुरेश थापा पनि आसन्न स्थानीय तहको निर्वाचनमा चम्पादेवी गाउँपालिका प्रमुख पदको दावेदारका रुपमा रहेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट वडा नं ७ को अध्यक्षमा निर्वाचित बनेका थापा हाल नेकपा एमालेमा सक्रिय रहेका छन।

५. झम्कहरी बडाल  

चम्पादेवी गाउँपालिकामा नेकपा एमालेको इज्जत जोगाउदै एक मात्र वडा नं ९ मा विजयी बनेका झम्कहरि बडाल पनि आसन्न स्थानीय तहको निर्वाचनमा चम्पादेवी गाउँपालिका प्रमुख पदको दावेदारका रुपमा रहेका छन।

पछिल्लो समय नेकपा एमालेमा देखिएको आन्तरिक गुटबन्दिका कारण संगठनबाट बाहिर पारिएका बडाल यस अघि नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीका सदस्य रहेका थिए।

६. रंजित कुमार धमला 

नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीका पुर्व सदस्य रंजित कुमार धमला पनि आसन्न स्थानीय तहको निर्वाचनमा चम्पादेवी गाउँपालिका प्रमुख पदको दावेदारका रुपमा रहेका छन।

ओखलढुंगा जिल्ला अधिवेसनमा उपाध्यक्ष पदको उम्मेदवार रहेका धमला २०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फ बाट वडा नं ८ मा वडा अध्यक्ष पदको उम्मेदवार रहेका थिए।

७. खेम मिश्र  

चम्पादेवी गाउँपालिका कमिटीका अध्यक्ष खेम मिश्र पनि आसन्न स्थानीय तहको निर्वाचनमा चम्पादेवी गाउँपालिका प्रमुख पदको दावेदारका रुपमा रहेका छन।

लामो समय सम्म सम्पर्क मंच र काठमाण्डौको भूगोलमा सक्रिय रहेका मिश्रले  नेकपा एमालेमा भएको विभाजन संगै गाउँ पालिका कमिटीको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।

तपाइँको प्रतिक्रिया ।