नेपाल खेलकुद महासंघ समाजवादीको दोश्रो सचिवालय बैठक सम्पन्न ,चैत्र २० र २१ गते राष्ट्रिय भेला
कपन अनलाइन
काठमाडौ, फागुन २९ ।
नेपाल खेलकुद महासंघ समाजवादी (NECOSS)को दोस्रो सचिवालय बैठक अध्यक्ष एवम् पूर्व राखेप सदस्यसचिव केशव कुमार बिष्टको अध्यक्षतामा महादेस्वस्थान व्याङक्वेट कोटेश्वरमा बसेको ।
आउँदो चैत्र २० र २१ गते राष्ट्रिय भेला तथा केन्द्रीय कार्य समितिको बैठक राख्ने लगायतका महत्वपूर्ण निर्णयहरु गरेको बैठकमा पार्टीका मोर्चा संगठनका प्रमुख एवम् नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेल प्रमुख अतिथि रहेका थिए।
महासंघको सचिवालय बैठकले चैत्र १५ गते भित्र विभिन्न खेलको विषयगत राष्ट्रिय घटक संघहरुको गठन गर्ने निर्णय गरेको छ भने महासंघको गतिविधिमा कोविड-१९को असरको समीक्षा गर्दै प्रचार तथा महिला विभाग लगायत विभिन्न विभागहरुको पूर्णताको तयारी गर्ने निर्णय गरेको छ।
महासंघको सदस्यतालाई बृहत रूपमा चैत्र महिनामा १ महीने अभियानको रुपमा संचालन गर्ने तथा महासंघको जानकारी आदान प्रदान हेतु वेबसाइट, न्यूज पोर्टल, र एप्लिकेसन सञ्चालन गर्ने निर्णय गरेको उपमहासचिव एवम् प्रचार विभागका प्रमुख नारायण गमालले जानकारी दिएका छन ।
महासंघको बैठकले प्रथम बैठकमा प्रस्तावित विशेष आर्थिक प्रचार अभियान अन्तर्गतको लागि ५,००० टिसर्ट र १०,००० क्याप तथा १,००,००० चुनाव चिन्ह (कलम) अंकित कलम महासंघका विभिन्न कमिटी र विभाग मार्फत देशको कुनाकाप्चा पुर्याउने सचिवालय बैठकले निर्णय भएको उनले जानकारी दिएका छन ।