पोल सार्दा घुस लिने सुपरभाइजर विरुद्ध भ्रष्टाचार मुद्दा

पोल सार्दा घुस लिने  सुपरभाइजर विरुद्ध भ्रष्टाचार मुद्दा

कपन अनलाइन

धादिङ, फागुन २३।

नेपाल विद्युत प्राधिकरण ग्रिड महाशाखा, पाटन ललितपुर सब-स्टेसनका प्रमुख सुपरभाइजर सोमप्रसाद पहाडीविरुद्ध सोमवार विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध एक लाख ४० हजार रूपैयाँ घुस लिएको आरोप लगाउँदै आरोप पत्र दर्ता गरेको हो ।

काठको पोल बदल्न लाग्ने खर्च व्यहोर्ने दायित्व प्राधिकरणको भए पनि पहाडीले बिजुलीको पोल सार्ने भन्दै सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार सेवाग्राहीसँग घुस लिएको अवस्थामा पहाडीलाई २०७८ पुस २९ गते अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।