नगर प्रमुख चालिसेले गरे श्री देबी बाल सुधार माबीको खेलकुद मैदान निर्माण स्थल शिलान्यास
कपन अनलाइन
काठमाडौँ, फाल्गुन १५ । गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखानमा रहेको श्री देबी बाल सुधार माध्यमिक बिध्यालयको खेलकुद मैदान निर्माण स्थल शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको उक्त खेलकुद मैदानको नगर प्रमुख सन्तोष चालिसेले भुमिपुजन सहित शिलान्यास गरेका हुन ।
बिध्यालयमा खेलकुद मैदान नभएको हुँदा बिद्यालय बाट केहि मिटर दुरीमा रहेको सार्वजनिक जग्गामा नगरपालिकाको आर्थिक सहयोग करिब १० लाखको लागतमा खेलमैदान निर्माण गर्न लागिएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराम बिष्टले जानकारी गराए। बिद्यार्थीहरुलाई कक्षा कोठामा मात्र सिमित गर्न नहुने नहुने भन्दै जब बिद्यार्थी शारीरिक रुपमा स्वास्थ्य नभए सम्म राम्रोसंग पठन पाठन गर्न नसक्ने भएका कारणले पनि बिद्यालयले शिक्षा र खेलकुदलाई एक साथ जोड्नु पर्ने आवश्यकतालाइ मध्यनजर गर्दै खेल मैदान निर्माण गर्न लागिएको उनले जानकारी गराए।
उनले क्षमता भएका धेरै खेलाडीहरुले अभ्यासका लागि खेल मैदान अभाबका कारण उत्कृष्ट खेलाडी उत्पादन गर्न नसकिरहेको बताउदै खेल मैदान निर्माण पश्चात खेल गतिबिधिले गति लिने बिश्वास ब्यक्त गरेका थिए। उनले खेल मैदान सबैको साझा सम्पत्ति भएको हुँदा सबैले निर्माण कार्यमा सहयोग गर्न पनि अनुरोध गरेका थिए।
कार्यक्रममा शिलान्यास गर्दै नगर प्रमुख सन्तोष चालिसेले आयोजकलाइ धन्यवाद दिदै नगरपालिकाले बिभिन्न खेल गतिबिधिलाइ खेलकुद समिति मार्फत संचालन गर्दै आएको जानकारी गराए। उनले खेलकुद गतिबिधि संचालन गर्नको लागि नगरपालिकाले खेलकुद क्षेत्रको वृत्ति र विकासका लागि उपयुक्त जग्गाको खोजी गरि खेलकुद मैदान निर्माणको लागि काम अघि बढाएको जानकारी गराए ।उनले खेल मैदान निर्माण भएसँगै विभिन्न खेलकूदका कार्यक्रम आयोजना गर्नका लागि सहज हुने बिश्वास ब्यक्त गर्दै । नगरले युवालक्षित र खेलकूदलाई विशेष प्राथमिकता दिएको जानकारी गराए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल वडा सदस्य लक्ष्मण गोले लामा, बिध्यालयका प्रधानाध्यापक सिताराम गिरि , गोकर्णेश्वर नगरपालिका युवा खेलकुद समिति संयोजक संजय लामा,नेपाली कांग्रेस गोकर्णेश्वर नगर सभापति कुमार लामा लगायत स्थानीय बासीको उपस्थिति रहेको थियो ।