युवा संघ र अखिलमा विवाद मिल्दै

युवा संघ र अखिलमा विवाद मिल्दै

काठमाडौा, बैशाख १ ।
नेकपा (एमाले) निकट युवा सङ्घ नेपाल र अनेरास्ववियूमा मा देखिएको विवाद समाधानको लागि पार्टी नेतृत्वले पहल थालेको छ । पहल
एमालेका युवा इन्चार्ज शेरधन राईले सोमबार युवासघका दुवै पक्षसाग छलफल गरेका छन् ।

youth1

सङ्घका कार्यबाहक अध्यक्ष सूर्य ढकाल, उपाध्यक्ष दिलु पन्त, महासचिव राजिव पहारीलगायतसाग छलफलपछि राईले सङ्घको विधानको परिधिभित्र रही समस्याको समाधान गरिने विश्वास दिलाएका हुन् ।
सङ्घका प्रवक्ता प्रभातविक्रम कटवालका अनुसार सङ्घका अध्यक्ष निरु पाल अस्वस्थ्य भएका कारण हाल ढकाललाई कार्यबाहक दिइएको छ । उद्योगमन्त्री भएपछि तत्कालीन अध्यक्ष महेश बस्नेतले पाललाई अध्यक्ष घोषणा गरेकामा पन्तसहितका नेता–कार्यकर्ताले असन्तुष्टि जनाउादै आएका छन् । दिलु पन्तको नेतृत्वमा छुट्टै कार्यक्रम समेत गरिएको थियो । त्यस्तै अनेरास्ववियूमा पनि अध्यक्ष किशोरबिक्रम मल्ललाई हटाउनुपर्ने माग राख्दै केही नेताहरुले छन् । दुवै संगठनमा विवाद हुदा गुटबन्दीमा नलाग्ने र इमान्दार कार्यकर्ताहरु भने निराश हुदै गएका छन् । गुटबन्दीकै कारण अनेरास्ववियूका संगठन विभाग प्रमुख समिक बडालले केही दिनअघि आफुले राजिनामा दिएको घोषणा फेसबुकमार्फत गरेका थिए । पार्टी नेतृत्वले विवाद मिलाउन पहल थालेपछि भने यूवासंघ र अनेरास्ववियूका नेता कार्यकर्ता खुशी भएका छन् ।

 

तपाइँको प्रतिक्रिया ।