गोकर्णेश्वर नगरपालिकाको परिवार नियोजन वन्ध्याकरण सम्बन्धि सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौँ, फाल्गुन १३ ।गोकर्णेश्वर नगरपालिकाको परिवार नियोजनको वन्ध्याकरण सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ। शाखा अधिकृत टंकनाथ घिमिरेले जारी गरेको उक्त सुचनामा स्वास्थ्य कार्यालय टेकु काठमाडौंको पत्र अनुसार स्वास्थ्य कार्यालय टेकु काठमाडौं र गोकर्णेश्वर नगरपालिका द्वारा संयुक्त रुपमा २०७८ साल फाल्गुन २० गते शुक्रबार बिहान १० बजे देखि गोकर्णेश्वर नगर अस्पताल गोकर्णेश्वर ४ मा परिवार नियोजनको बन्ध्याकरण (पुरुषको लागि र भ्याकेस्टोमी र महिलाहरुको लागि मिनिल्याप) शिविर गरिने भएको हुँदा इच्छुक महानुभावहरुले नजिकको स्वास्थ्य चौकी वा महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई समयमै नाम टिपाउन र उक्त दिन समयमै शिविरमा उपस्थित भई सेवा लिन सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।