प्रतिनिधिसभाको आज बैठक पनि सूचना टाँस गरि स्थगित
कपन अनलाइन
काठमाडौँ, फाल्गुन १३। प्रतिनिधिसभाको आज बैठक पनि सूचना टाँस गरेर स्थगित भएको छ।आज शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो ।नेकपा एमालेसँगको छलफल टुंगो नलागेको र सत्ता गठबन्धनमा सहमति नभएको अवस्थामा सरकारले बैठक आइतबारसम्मका लागि स्थगित गर्न सभामुखलाई आग्रह गरेको हो । सरकारले समय मागेपछि १५ गतेसम्मका लागि बैठक स्थगित गर्ने निर्णय भएको हो ।बिहीबारको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो ।
तपाइँको प्रतिक्रिया ।