Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/02/274552492_1103875780395658_4786782866174545639_n-707x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिकाले बर्षे सिजनका तरकारीका मिनि किट बिउ वितरण गर्ने

कपन अनलाइन

काठमाडौँ, फाल्गुन १२ ।गोकर्णेश्वर नगरपालिकाले बर्षे सिजनका तरकारीका  मिनि किट बिउ वितरण गर्ने सम्बन्धमा सार्वजनिक सुचना जारी गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले  सार्वजनिक सुचना अनुसार  स्थानीय कृषि उत्पादन लाइ प्रवर्धन गर्दै आफैले उत्पादन गरेको स्वच्छ र पोषणयुक्त  तरकारी उपभोग गर्ने पद्दतिको विकास गर्न गोकर्णेश्वर नगरपालिका कृषि विकास शाखाले बार्षिक रुपमा सिजन अनुसारका बिउ बिजन तथा कृषि सामाग्री वितरण गर्दै आएको जानकारी गराउदै यस पटक पनि बोडी, काक्रो, करेला, फर्सी, धनिया, सिमि घिरौला लगायतका बर्षे सिजनका तरकारीका बिउ मिति २०७८ साल फाल्गुन १८ गते देखि वितरण गरिने हुँदा इच्छुक कृषकहरुले आ आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।