बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा बलेफी गाउँपालिका-१ ठाटिकुनाका एक जना पक्राउ

बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा बलेफी गाउँपालिका-१ ठाटिकुनाका एक जना पक्राउ

कपन अनलाइन
काठमाडौं, फागुन ११।

आफ्नै श्रीमती २८ वर्षीया लक्ष्मी बस्नेत तामाङलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा बलेफी गाउँपालिका-१ ठाटिकुना बनकाली बस्ने ३२ वर्षीय जिवन तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

दाउरा चिर्ने बिषयमा विबादका कारण जिवनले आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जलबिरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते लक्ष्मीको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइँको प्रतिक्रिया ।