ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा “बाम गठबन्धन”

ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा “बाम गठबन्धन”

कपन अनलाइन

ओखलढुंगा,फागुन ४।

ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपलिकामा “बाम गठबन्धन” को अभ्यास शुरु भएको छ।

२०७४ सालका प्रदेस र प्रतिनिधि सभामा गठबन्धन गरेर कम्युनिस्टहरुले सांसदहरु क्लिन स्विप गरेको ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पुन गठबन्धनको पहल शुरु गरेका छन।

फागुन ३ गते काठमाण्डौको सरस्वती नगरमा आयोजना गरिएको दुई पार्टीका नेताहरुको छलफल पश्चात आसन्न स्थानीय तहको निर्वाचनमा बामपन्थी दलहरु विच सहकार्य गरेर अगाडी बढ्ने सहमति भएको थियो।

उक्त छलफलमा नेकपा एमालेका शंकर बहादुर कार्की,केदारराज पुडासैनी, कुमार घिमिरे,तिर्थ सुवेदी,सुरेश थापा,,अमृत धमला,लिला बहादुर कटवाल र खेम मिश्र लगायत सहभागी रहेका थिए भने नेकपा माओवादी केन्द्रका रामहरी कार्की,खड्ग बहादुर कार्की,झलकमान तामाङ्ग,लोचन केसी र मुकुन्द कार्की लगायतको उपस्थिति रहेको थियो।

चम्पादेवी गाउँपालिकामा निर्णायक कम्युनिस्ट जनमत हुँदाहुँदै पनि गत स्थानीय निर्वाचन गुमाउनु परेकोले आगामी निर्वाचनमा सहकार्य गर्ने पहल शुरु गरिएको जानकारी दिदै नेकपा एमाले चम्पादेवीका अध्यक्ष खेम मिश्रले छलफल निकै फलदायी र सकारात्मक भएको बताएका छन।

चम्पादेवी गाउँपालिकामा  २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका हरी प्रसाद घिमिरेले २८४१ मत प्राप्त गरेका थिए भने नेकपा माओवादी केन्द्रका उम्मेदवार खड्ग बहादुर कार्कीले  १९३९  मत प्राप्त गरेका थिए। सो निर्वाचनमा ३२४१ मत प्राप्त गर्दै नेपाली कांग्रेसका नबराज केसी विजयी भएका थिए।

सत्तारुढ पांच दलीय गठबन्धनको महत्वपूर्ण घटक नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेकपा एमालेका विचमा स्थानीय स्तरबाट शुरुवात गरिएको “बाम गठबन्धन” को अभ्यासलाई रोचक र अर्थपूर्ण मानिएको छ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।