गोकर्णेश्वर नगरपालिकाको उप प्रमुखमा ६ जना थिए उम्मेदवार,कस्तो थियो मत परिणाम ?

गोकर्णेश्वर नगरपालिकाको उप प्रमुखमा ६ जना थिए उम्मेदवार,कस्तो थियो मत परिणाम ?

कपन अनलाइन

काठमाण्डौ ,फागुन ४।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा  गोकर्णेश्वर  नगरपालिकाको उपप्रमुख पदमा छ जनाले उम्मेदवारी दिएका थिए । सो निर्वाचनमा विभिन्न ६ वटा पार्टीका तर्फबाट नगर उपप्रमुख पदका उम्मेदवार रहेका थिए।

निर्वाचन आयोगको विवरण अनुसार गोकर्णेश्वर  नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार शान्ति नेपालले ८५९८  मत सहित बिजयी बनेकी थिइन् भने उनकी निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी  उम्मेदवार शान्ति श्रेष्ठले ८०६२  मत प्राप्त गरेकी थिइन्।

त्यस्तै सो निर्वाचनमा नेकपा माओवादी केन्द्रकी रेनु कार्कीले २२०३  मत प्राप्त गरेकी थिइन् भने राप्रपाकीसुमित्रा श्रेष्ठले ६३६ मत प्राप्त गरेकी थिइन्।

नयाँ शक्ति नेपाल पार्टीकी अन्जना श्रेष्ठले २१३  मत पाएको सो निर्वाचनमा स्वतन्त्र उम्मेदवार  सुनिता चापागाईले १४ मत मत प्राप्त गरेकी थिइन्।

तपाइँको प्रतिक्रिया ।