बुढानीलकण्ठमा Janssen (J & J) खोपको बुस्टर डोज लगाउन शुरु ,कहाँ छन खोप केन्द्र ?
कपन अनलाइन
काठमाण्डौ ,फागुन २ ।
बुढानीलकण्ठ नगरपालिकामा कोभिड १९ विरुद्धको Janssen (J & J) खोप लगाएका व्यक्तिहरुका लागि बुस्टर डोज (Booster Dose) आजबाट शुरु भएको छ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण खोप महाशाखाको मिति २०७८ माघ २७ निर्य पत्र प्राप्त भएसँगै यस अघि कोभिड १९ सम्बन्धि खोप प्राप्त गरिसकी ६ महिना पूरा भइसकेका १८ वर्ष र सो भन्दा माथिका नगर वासीहरुलाई बुस्टर डोज प्रदान गरिने छ। बुस्टर डोज आज अर्थात फागुन १ गते देखि १० गते सम्म तोकिएका चार खोप केन्द्रहरुमा गई खोप लगाउन सकिनेछ।
कहाँ छन खोप केन्द्र ?
१. शिवपूरी हेल्थ केयर सेन्टर प्रा.लि, बूढानीलकण्ठ वडा नं ७, हात्तिगौँडा
- सम्पर्क व्यक्ति- गेहेन्द्र मिश्रः ९८५१०७८४४२
२. महांकाल स्वास्थ्य चौकी, बूढानीलकंण्ठ वडा नं ८, गोल्फुटार
- सम्पर्क व्यक्ति-मन्जु बस्नेतः ९८४१६७७०३२
३. कपन स्वास्थ्य चौकी, बूढानीलकण्ठ ११, कपन
- सम्पर्क व्यक्ति- स्मिता रायमाझीः ९८४१९०८९४८
४. नगर अस्पताल, वडा नं १० डिठ्ठाचौर, बालुवाखानी
- सम्पर्क व्यक्ति-डा.कौशल अधिकारीः ९८०२३३९९५१
तपाइँको प्रतिक्रिया ।