नेपाली कांग्रेस बुढानिलकण्ठ नगर कार्यसमितिको कार्यालय उदघाटन

नेपाली कांग्रेस बुढानिलकण्ठ नगर कार्यसमितिको कार्यालय उदघाटन

कपन अनलाइन

काठमाण्डौ ,माघ २९ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ सुन्दरबस्तीमा नेपाली कांग्रेस बुढानिलकण्ठ नगर कार्यसमितिको कार्यालय  उदघाटन गरिएको छ।  नेपाली कांग्रेसका महामन्त्री तथा काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले नगर कार्यसमिति र वडा नं ८ इकाई समितिको कार्यालय उद्घाटन गरेका छन।

नेपाली कांग्रेस बुढानिलकण्ठका सभापति राजाराम बुढाथोकीको अध्यक्षतामा भएको पार्टी  कार्यालय उद्घाटन समारोहमा प्रतिनिधि सभा सदस्य दिव्यमणि राजभण्डारी, बागमती प्रदेस सभा सदस्यहरु न्युछेनारायण श्रेष्ठ र भीमसेन खत्री, नेपाली कांग्रेस बागमती प्रदेस समितीका महामन्त्री राजु श्रेष्ठ , जिल्ला समितीका उपसभापति गोकर्ण केसी , सचिव इन्द्र बहादुर थापा सहित नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

पार्टी कार्यालय व्यवस्थापन संगै संगठन र गतिविधि व्यवस्थित गर्नका लागि कार्यालय उद्घाटन तथा नियमित संचालन गर्न लागेको जानकारी दिदै नगर सभापति बुढाथोकीले अवका हरेक गतिविधि आसन्न निर्वाचनको तयारी उन्मुख हुने बताएका छन।

अहिले वडा स्तरमा टोल कमिटी गठन र संगठन विस्तारको अभियान चलिरहेको र कार्यालय उद्घाटन संगै नियमित भेटघाट र जनसम्पर्कलाई व्यापक बनाउने सभापति बुढाथोकीले बताएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।