टोखा नगरपालिका वडा नं ९ आनन्द टोलबाट भालुको पित्तसहित एक जना पक्राउ

टोखा नगरपालिका वडा नं ९ आनन्द टोलबाट भालुको पित्तसहित एक जना पक्राउ
कपन अनलाइन
काठमाण्डौ ,माघ २९ ।

प्रहरीले भालुको पित्तसहित टोखाबाट एकजनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले लमजुङ दोर्दी गाँउपालिका ८ खिन्चोक बस्ने३५ वर्षीय मनबहादुर सिलुवाल क्षेत्रीलाई बिहीबार टोखा नगरपालिका ९ आनन्द टोलबाट पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार महतोका अनुसार अवैध रुपमा भालुको पित्त ओसारपसार तथा बेचबिखन गर्न ल्याएको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको बताएका छन् । उनलाई कारबाहीका लागि शुक्रबार नै डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ ।

तपाइँको प्रतिक्रिया ।